कोरा साइकल च्यालेन्ज सम्पन्न

काठमाडौं । आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’ र्‍याली आयोजना गरिएको छ। हजारौँ साइकल प्रेमीहरु सहभागी सो र्‍याली पाटन दरबार प्राङगणबाट सुरु भई विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गरिएको छ ।

त्यस्तै ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरू स्वयम्भू, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा गरिन्छ।

‘काठमाडौं कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। त्यस्तै ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यावसायिक साइकल चालकहरू सहभागी हुन्छन्।

पाटन दरबारबाट सुरु हुने यात्राको रुटमा कीर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेउछाउको बस्तीहरू हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगिनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *