एमाले बैठक- विधान संशोधन प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ। हिजोबाट सुरु भएको बैठक केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट सुरु भएको हो।

आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनबारे नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

हिजोको बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

यो बैठक सकिए लगत्तै यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ। यो बैठकले विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।

अहिले एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएपछि उमेर हद र दुई कार्यकालको व्यवस्था बहसमा आएको छ। तर, सचिवालय बैठकले यो दुवै व्यवस्था हटाएर केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ।

Comments

One response to “एमाले बैठक- विधान संशोधन प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी”

  1. Purna Shrestha Avatar
    Purna Shrestha

    ओली अब एउटा ब्यक्ति मात्र रहेन, नेपाली राजनीतिमा प्रबृत्ति पनि बनेको छ ओली । संभावना बोकेका क्याडरदेखि नेताहरुलाई निमोठ्ने, निषेध गर्ने र आफू एउटा ब्यक्तिलाई केन्द्रबिन्दुमा राखेर ७० बर्ष उमेर हद र २ कार्यकालको बैधानिक ब्यवस्थालाई उल्ट्याउन खोज्नुलाई नेपाली राजनीतिमा ओली प्रबृत्ति भनेर परिभाषित गर्न सकिन्छ । एमाले भित्र जालो बनेको यो प्रबृत्तिको समूल नष्ट नुहने हो भने यो पार्टी त्यहि जालो भित्र गुजुल्टिएर समाप्त हुन केहि बर्ष मात्र लाग्ने छ । जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *