एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषय विशेष गरी छलफल भइरहेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए ।

अहिलेको मुख्य काम विधायन अधिवेशन रहेकाले यसमै बैठक केन्द्रित रहेको नेताहरु बताउँछन् । बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ ।

Comments

One response to “एमालेको पोलिटब्युरो बैठक आज पनि जारी”

  1. Purna Shrestha Avatar
    Purna Shrestha

    पोलिटब्युरो बैठकले एमालेबाट केपी ओलीको सुखद बिदाइको वातावरण बनाउन सघाउ पुराउन सके फलदायी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *