दुर्गा प्रसाईविरुद्ध ज्वाला संग्रौला र रोशन सुवेदीले हालेको साइबर अपराधको मुद्दा खारेज

काठमाडौं । पुर्पक्षमा जेल चलान भएका दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौला र रोशन सुवेदीले जिल्ला अदालतमा दायर गरेको साइबर अपराधको मुद्दा खारेज भएको छ । अदालतले दाबी नपुग्ने भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रसाईबिरुद्ध साइबर व्यूरोले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरेको हो । प्रसाईंले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि चारित्रिक लाञ्छना लगाएका थिए ।

Comments

One response to “दुर्गा प्रसाईविरुद्ध ज्वाला संग्रौला र रोशन सुवेदीले हालेको साइबर अपराधको मुद्दा खारेज”

  1. Khadka Surendra Avatar
    Khadka Surendra

    अब प्रसाई ले मान हानि केस हाल्यो भने यी कहाँ जान्छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *