काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा रहेकामध्ये २० जना खेलाडीलाई भारतमा प्रशिक्षण दिलाउने भएको छ । भारतीय दूतावासको सहकार्य तथा भारतीय क्रिकेट बोर्डको सहयोगमा बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा उनीहरुलाई प्रशिक्षण दिइने भएको हो ।
कप्तान रोहितकुमार पौडेलसहित २० जना खेलाडीहरू बैंगलोरमा बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । क्लोज क्याम्पमा रहेका अन्य १२ जना खेलाडीहरुले नेपालमै प्रशिक्षण गर्ने छन् ।
स्पिनर सन्दीप लामिछाने सूचीमा छैनन् । उनी बन्द प्रशिक्षणमा पनि अनुपस्थित रहेका छन् । साेमपाल कामी र करण केसी पनि भारत नजाने भएका छन् ।
राष्ट्रिय टीमको स्क्वाडमा कमब्याक गरेका मोहम्मद आदिल आलम पनि भारत जाने सुचीमा छुटेका छन् । युवा स्पिनर युवराज खत्रीले स्थान बनाएका छन् ।
भारत जाने खेलाडीहरूको सूची यसप्रकार रहेको छ:


Leave a Reply