तस्करसँग घुस डिलको अडिओ बाहिरिएपछि सर्लाहीका सई दास निलम्बित

जनकपुरधाम । तस्करीमा संलग्न व्यक्तिसंग रकम मागेको अडियो सार्वजनिक भएपछि सर्लाहीको हिरापुरस्थित इलाका प्रहरी कार्यालयका सई बैधनाथ दास निलम्बनमा परेका छन् ।

सई दासले घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत् तस्करसंग १८ हजार रुपैया मागेको अडिओ सार्वजनिक भएको हो । सो अडिओ सार्वजनिक भएलगत्तै सई दासलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले निलम्बन गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले सई दासलाई निलम्बन गर्न मधेश प्रदेश प्रहरी कार्यिलय हुँदै प्रहरी प्रधान कार्यालय पत्र पठाएको पुष्टि गरे।

स्रोतका अनुसार सई दासलाई जिल्ला प्रहरी कार्यालय बोइसकेको छ । उनीमाथि अनुसन्धान तथा कारबाही अगाडी बढाइएको छ। सई दासको ठाउँमा अर्का सई पठाउने डिएसपी राईले बताए ।

यसअघि पनि पर्सामा घुमुवा हुँदा तस्करसँग सेटिङ गर्ने गरेको भन्दै दास विवादित बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *