काठमाडौं । नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बोल्दै गर्दा महासचिव शंकर पोखरेलले रोकेका छन् ।
च्यासलमा जारी पोलिटब्युरो बैठकमा संगठन विभाग प्रमुख भएपनि विधान कार्यान्यनयमा त्रृटि भएको भन्दै आत्मआलोचना गर्न चाहेको बताएका थिए ।
तर, महासचिव पोखरेलले ‘यो कुरा नराख्नुस्’ भन्दै रोके । उनले यो आत्मआलोचना गर्ने ठाउँ नभएको भन्दै विधान संशोधन प्रस्तावमाथि धारणा राख्न भनेको सहभागी एक नेताले बताए ।
एमालेले पोलिटब्युरो बैठकमा विधानमाथि छलफल चलिरहेको छ । यो बैठकलगत्तै ५ गते केन्द्रीय कमिटी बैठकमा पनि यसबारे छलफल हुँदैछ । एमालेको विधान महाधिवेशन भदौ तेस्रो साताका लागि तय भएको छ ।

Leave a Reply