एमालेकाे विधान नै तीनथरी छापिएको कर्ण थापाको दाबी, ओलीले के भने ?

काठमाडौं । एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले ७० वर्षे उमेर हद र दुई कार्यकालको पूर्वव्यवस्था जालझेलपूर्ण शैलीमा हटाउन नपाइने भन्दै एउटै विधान तीन पटकसम्म छापिएको जिकिर गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको पोलिटब्युरो बैठकमा पार्टीको कार्यकारी पदमा उमेर र कार्यकालको सीमा नरहने भनी बिहीबारको सचिवालय बैठकमा सहमति भएको प्रसंग उठेपछि थापाले त्यस्तो कुरा उठाएका हुन् ।

‘एउटै विधान हो, तर तीनपल्ट छापिएको छ’, उनले भने, ‘मैले अनअफिसियल्ली पाएँ, तर त्यो कुरा सबैले अफिसियल्ली पाउनुपर्छ ।’

थापाले त्यस्तो छलछामपूर्ण काम कसरी भयो ? भन्दै बैठकलाई जानकारी हुनुपर्ने कुरा उठाएका छन् ।

‘पार्टीका विधि र व्यवस्थाहरू एकै दिन, कसैले रातारात ल्याएको होइन’, उनले भने, ‘कम्युनिष्ट आन्दोलनको उपलब्धीका रूपमा आएका विषयलाई छलछामपूर्ण तवरले व्याख्या गर्न पाइँदैन ।’

जतिवटा विधान छापिए पनि सबैका हातमा हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘कुन विधानमा के लेखेको छ, हामीले तुलना गर्न पाउनुपर्छ ।’

उनले बैठकमा उठाएको कुरा यस्तो छ

१० औं महाधिवेशनअगाडि विधान महाधिवेशन भयो । त्यसबेला कात्तिकको १ गते एउटा विधान छापियो । त्यो विधान महाधिवेशनबाट पारित भएको भनियो । त्यसपछि मंसिरको १० देखि १४ सम्म हामीले दशौँ महाधिवेशन गर्‍यौं । त्यसपछि पुसको ५ गते दुई विधान एकै दिन छापियो । बाहिरको कभर एउटै छ, भित्रको गुँदी फरक छ । त्यो प्रिन्ट मिस्टेक भएको हो कि, छापिएकै होइन कि ? त्यो सबै मसँग छ । तर, मसँगमात्रै भएर भएन । सबैले पाउनुपर्छ ।

थापाले आफ्नो कुरा राख्नेबित्तिकै अध्यक्ष केपी शर्मा ओलीले झस्किएको शैलीमा ‘हो र !’ भनेका थिए ।

थापाले ‘नपत्याए चेक गर्नुस्’ भने । जवाफमा ओलीले भने- हो भने जसले त्यस्तो गर्‍यो उसलाई कारबाही हुन्छ ।

Comments

One response to “एमालेकाे विधान नै तीनथरी छापिएको कर्ण थापाको दाबी, ओलीले के भने ?”

  1. ksp pyl Avatar
    ksp pyl

    कान्छी श्रीमतीलाई न्यायाधिश नबनाएको झोक फेर्ने थलो पनि बनेको छ पोिलटव्यूरो बैठक । यो अनलाईन पनि विद्यालाई अघि बढाउन पाए गैर कानूनी हिसावले दुनो सोझ्याउन पाईन्थ्यो भनेर खुब विद्याको गुणगान गाउँदै छ । ओलि विनाको एमाले बनाउने दसल्लीको योजना साकार पार्न एमाले भित्र रहेका उसका भाडाका टट्टुहरू लागेका छन् । ७० वर्षको उमेर हद र दुई कार्यकालको कुरा पनि उठाउने अनि पूर्व राष्ट्रपतिलाई फेरि वडा सदस्य भए पनि उठाउनुपर्छ भन्ने यस्ता नैतिकता नभएकाहरूको के कुरा गर्नु ? यस्ता बकम्फुस्से कुरा गर्नेहरूलाई नेपालका दलाल, भाडाका टट्टु, बिकाउ मिडियाले स्थान दिन्छन् फेरि । राष्ट्रपति भैसकेको जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि पार्टी राजनीतिमा आएमा त्यसको हुर्मत लिए पो मिडिया ठिक भन्नू । परिवार पाल्न, दिनदिनै बेलुका जाँड खान , कामै नगरी काठमाडौंमा आलिशान जीवन बाँच्न जे पनि लेख्ने इज्जत नभएका, दलाल, भाडाका टट्टु मिडिया बहिष्कार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *