यस्तो छ एमाले पोलिटब्युरोमा पेश गरिएको परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् ।

१९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव-१, उपाध्यक्ष-५ र सचिव- ७ जना प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।

सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।

Comments

2 responses to “यस्तो छ एमाले पोलिटब्युरोमा पेश गरिएको परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)”

  1. Purna Shrestha Avatar
    Purna Shrestha

    एक ब्यक्ति बढीमा २ कार्यकाल र ७० बर्षको उमेर हदको बैधानिक व्यवस्थालाई यथावत कायम राख्न नसके एमालेको पतन अवश्यम्भावी छ ।

  2. Purna Shrestha Avatar
    Purna Shrestha

    एमाले भित्रको आन्तरिक लोकतन्त्र समाप्त पार्ने श्रेय केपी ओलीलाई जान्छ । केपी ओलीलाई के्न्द्र बिन्दुमा राखेर ७० बर्षको उमेर हद हटाउन खोज्नु र २ कार्यकालको व्यवस्थालाई खारेज गर्न खोज्नु ओलीको अवसानसँगै पार्टी पनि समाप्त हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *