बिष्णु सापकोटाले मुख खोले- चरित्रहत्याविरुद्ध अष्ट्रेलियामै कानूनी प्रक्रियामा गएको दाबी

काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् । एलिनाले लगाइरहेका आरोपहरुका सम्बन्धमा उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएका हुन् ।

सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ ।

सापकोटाले लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुरÞ्याइरहेका छन् ।

प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’

उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।

हेर्नुस् सापकोटाको पूरा स्टाटस:

Comments

One response to “बिष्णु सापकोटाले मुख खोले- चरित्रहत्याविरुद्ध अष्ट्रेलियामै कानूनी प्रक्रियामा गएको दाबी”

  1. Raj Avatar
    Raj

    पत्नि माथि पतिले कहिल्यै हातपात गर्नुहुन्न बरु त्यागिदिएको बेस। पतिको अगाडि पत्नि सधैं कमजोर हुन्छिन् शारिरीक रुपमा, केहि अपवाद बाहेक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *