वामपन्थी एकता आजको आवश्यकता : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।

राष्ट्यि एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताए ।

उनले भने, ‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैं बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ ।’

उनले एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारणले टिक्न नसकेको बताए । नेकपा एकताबद्ध हुँदा दुई तिहाइ मत प्राप्त गरेको भएपनि देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत आरोल लगाए। नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक संकटमा फसेको उनको बुझाइ छ ।

Comments

2 responses to “वामपन्थी एकता आजको आवश्यकता : झलनाथ खनाल”

  1. हरिप्रसाद ढकाल Avatar
    हरिप्रसाद ढकाल

    यो एकता नै हैन

  2. ksp pyl Avatar
    ksp pyl

    को बामपन्थी ? झलनाथ ? सबैभन्दा ठूलो शोषक हो झलनाथ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *