नेकपा एसमा समाहित हुँदै वामदेवले भने- म एक्लै आएको छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए ।

उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए। उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको बताए ।

उनले भने, ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’

उनले आफू आन्दोलनबाट आएको नेता भएको बताए ।

उनले थपे, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’

Comments

One response to “नेकपा एसमा समाहित हुँदै वामदेवले भने- म एक्लै आएको छैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    रामदेव र वामदेवको मिलन । एक क्रान्तिकारी कदम । अझ बढी जग्गा बेच्न र पटक पटक दल फुटाउन हौसला मिलेको अवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *