दोहा । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको २०२५–२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता आवेदन आह्वान आजबाट बन्द गरिएको जानकारी गराएको छ । अहिलेसम्म कुल आवेदन संख्या ६ हजार ७५ रहेको जनाइएको छ ।
गैरआवसीय नेपाली संघ ११ औं अधिवेशन आयोजक समिति कतारका संयोजक केशव कार्कीले पञ्जिकृत सदस्यता आवेदन आह्वान संख्या उल्लेखनीय रुपमा बढेको बताए ।
कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्टमा भएको आवेदनहरूमा नपुग कागजातहरुको जानकारी सम्पूर्णको इमेलमा प्राप्त हुने भएकाले २० जुलाई २०२५ सम्म आफ्ना नपुग कागजातहरु आफ्नो प्रोफाइलमा अध्यावधिक गर्नुहुन अनुरोधका साथ सबैमा सुचित गरिएको जानकारी गराए ।
कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही, समितिका द्वित्तीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।
एमआइएसद्वारा पञ्जीकृत सदस्यता सप्पन्न भैसकेको र आइसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गरिने गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले जानकारी गराएको परिषद सदस्य गोविन्द सुवेदीले जानकारी दिए ।

Leave a Reply