प्रचण्ड र शेखरको भेटमा सहभागी अमरेशकुमारको दाबी- यो सरकार ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता डा. शेखर कोइरालाबीच केपी ओली नेतृत्वको विकल्प खोज्ने गरी छलफल अघि बढेको दाबी गरेका छन्।

शेखरसँगै हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका नेता सिंहले नयाँ ध्रुवीकरणको गृहकार्य अघि बढिरहेको जिकिर गरे। उनले नेपाल प्रेससँग भने, ‘देशमा अहिले नयाँ ध्रुवीकरणको आवश्यकता छ। त्यो बुझेर नै नयाँ ध्रुवीकरण भइरहेको छ।’

उनले कांग्रेस एमाले गठबन्धन ढालेर कांग्रेस नेता कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको दाबी गरे। उनले भने, ‘प्रचण्ड, शेखर कोइरालासहित विद्या भण्डारी, माधव नेपाल, उपेन्द्र यादवलगायतको सहभागिता रहन्छ। त्यसको लागि सबै सकारात्मक ढङ्गले वार्ता अघि बढेको छ।’

उनले आज शेखरले यही विषयमा केन्द्रित रहेर कुराकानी भएको जिकिर गरे। उनले भने, ‘यो सरकार चरम भ्रष्टाचारमा डुबेको छ। मन्त्रीहरूको घुस लिएको अडिओ सार्वजनिक भइरहेको छ। अडिओ सार्वजनिक हुँदा समेत मन्त्रीहरू सरकारमा बसिरहेका छन्। यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’

उनले यो सरकारको भण्डाफोर गर्दै अर्को समीकरण बनाउने निष्कर्षमा पुगेको सुनाए। उनले आफूहरूले नयाँ समीकरणको लागि आवश्यक सङ्ख्या ध्यान दिएर नै गृहकार्य अघि बढेको जिकिर गरे।

हिजो प्रचण्डलाई भेटेका शेखरले आज पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेका थिए। तर, कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नयाँ समीकरणबारे कुनै छलफल नभएको दाबी गरे।

Comments

2 responses to “प्रचण्ड र शेखरको भेटमा सहभागी अमरेशकुमारको दाबी- यो सरकार ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले एक जमानामा प्रचण्ड विरूद्व के के बोलेको थियो ? बहुलाले बरू ठिक कुरा गर्ला अमरेशले बोलेको ठिक देखिदैन ।

  2. ksp pyl Avatar
    ksp pyl

    बोलेको हेर न यसले । शेखरलाई प्रधानमन्त्री बनाउने रे । पागल त भएन यो ? जतिवटा सरकार बने पनि मन्त्री खान पाईएन । अनि त यसलाई छटपटी भएको थियो । एकपटक प्रचण्डले मन्त्रि नबनाईदिएको भनेर प्रचण्डको विरूद्व पनि जथाभावि बोल्यो यसले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *