हड्ताल अवज्ञा गरेर स्कुल खोलेको भन्दै क्रान्तिकारीले तोडे स्कुलको गाडी

काठमाडौं । शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै काठमाडौंको नयाँ बसपार्कस्थित तक्षसिला स्कुलको गाडीमा तोडफोड भएको छ ।

स्कुल बन्द गराउँदै हिँडेकाे नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले तक्षसिलाको स्कुल बस मनमैजुमा तोडफोड गरेका हुन् । बसमा सामान्य क्षति भएको छ भने बन्दकर्ताहरुले बस केहीबेर नियन्त्रणमा लिएको स्कुलका प्रिन्सिपल मोदराज पाण्डे जानकारी दिए ।

उनले भने,‘ बन्दको बेला स्कुल बस चलाएको भन्दै बसमा तोडफोड गरेको र केहीबेर होल्ड गरेको भनेर ड्राइभरले फोन गर्नुभएको थियो । बस अझै आइपुगेको छैन ।’ उनका अनुसार आज नियमित पठनपाठन बन्द गरिएको थियो ।

अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले आज शैक्षिक हड्तालको घोषणा गरेका थियो । उनीहरुले शैक्षिक हड्तालको अवज्ञा गर्दै खुलेका विद्यालयहरु पनि बन्द गराउँदै हिँडेका छन् ।

क्रान्तिकारीका विद्यार्थीहरुले राजधानीको रत्नराज्य मावि लगायत पठनपाठन सुरु भएको विद्यालयहरु बन्द गर्न लगाएका छन् । साथै स्कुल बसहरु पनि ठाउँ ठाउँमा रोक्दै बीच बाटोबाट फकाईएको छ भने खुलेका स्कुलहरुहरु पनि बन्द गर्न लगाएका छन् ।

विद्यालय विद्यार्थीहरुको फर्किरहेका छन् । क्रान्तिकारीका विद्यार्थीले गाडी तोडफोड गरेको जानकारी आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनले नेपालप्रेससँग भने,‘अहिलेसम्म गाडी तोडफोड भएको सूचना आएको छैन । बुझनुपर्ने हुन्छ ।’ शिक्षा ऐनको बहानामा क्रान्तिकारीले विद्यालय बन्द गर्न आह्वान गरेको थियो । अधिकांश विद्यालयहरुले आज विद्यालय बन्द गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *