प्रचण्डलाई भेटेको भोलिपल्ट विद्या निवास पुगे शेखर, के भयो छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका कोइराला आज बिहानै विद्या निवास भंगाल पुगेका हुन् ।

भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको कोइराला सचिवालयले जनाएको छ ।

शेखरसँगको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै सहयोगको अपेक्षा गरिन् ।

भण्डारीले भेटमा भनिन्, ‘म अब सक्रिय राजनीतिमा फर्किएको छु । तपाईं पनि देशको पक्षमा काम गर्न लागिपर्नुभएको छ । तपाईंले सहयोग गर्नुहुन्छ भन्ने आस राखेको छु ।’

भण्डारीसँगको भेटमा शेखरले आफू भ्रष्टाचारविरुद्ध लडिरहेको भन्दै देशमा सुशासन नभएको बताएका थिए । शेखर केपी ओली नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर असन्तुष्ट सुनिन्छन् ।

Comments

2 responses to “प्रचण्डलाई भेटेको भोलिपल्ट विद्या निवास पुगे शेखर, के भयो छलफल ?”

  1. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    प्रचण्डले शेखरलाई ललीपप देखाएको हुनुपर्छ । यसैले कांग्रेस र एमाले फोरेर माओवादीको समर्थनमा प्रधानमन्त्री बन्ने सपनाले घरी प्रचण्ड र घरी विद्याकहाँ शेखर पुगिरहेका छन् ।

  2. ksp Avatar
    ksp

    जोगी झै घर घर हिडेर केही नाप्दैन शेखरले । संगत नै गतिलासँग छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *