बंगलादेशमा आजबाट नाजिर अभिनीत ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

काठमाडौं । बंगलादेशमा पहिलो पटक नेपाली फिल्म रिलिज भएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्म मिसिङः केटी हराएको सूचना बंगलादेशमा आजबाट प्रदर्शनमा आएको हो ।

दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिचर फिल्म बंगलादेशमा प्रदर्शन हुने पहिलो फिल्म भएको निर्माण टीमले जनाएको छ ।

यसअघि हिजो फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी लगायत निर्माण टीम र त्यहाँ रहेका नेपालीहरुसहित ५ सय जनाको सहभागी थिए ।

बंगाली कम्पोजर तथा सिंगर जेफर लगायत चलचित्र निर्देशक तथा कलाकार, डाइरेक्टर र प्रोड्युरहरु पनि प्रिमियरमा सहभागिता थियो ।

फिल्ममा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *