शैक्षिक हड्तालको असर: स्कुल पुगेर फर्किए बालबालिका

काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं विद्यालयहरू अन्योलमा परेका छन् ।

शिक्षा ऐनको बहानामा क्रान्तिकारीले विद्यालय बन्द गर्न आह्वान गरेको हो । विद्यालय अचानक बन्द भएपछि बिहान विद्यालय पठाउन तयार भएका विद्यार्थीहरू समयमा सूचना नपाउँदा समस्यामा परेका छन् ।

कतिपय विद्यालयहरूमा अहिले परीक्षा पनि सञ्चालन भइरहेका छन् । तर एक्कासि विशेष कारण देखाउँदै परीक्षा सारिएका छन् ।

अखिल क्रान्तिकारीले निःशुल्क, समान र वैज्ञानिक शिक्षाको कार्यान्वयन हुनेगर यथाशीघ्र शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । अखिलले त्रिभुवन विश्वविद्यालय भित्रका सम्पूर्ण शैक्षिक विभागहरू बन्द गर्न आह्वान गरेको भएपछि अधिकांश निजी तथा सामुदायिक विद्यालयहरू बन्द रहेका छन् ।

Comments

2 responses to “शैक्षिक हड्तालको असर: स्कुल पुगेर फर्किए बालबालिका”

  1. ksp pyl Avatar
    ksp pyl

    टोले गुण्डले झै पैसा उठाउन यस्तो हर्कत गर्छन यिनले । केही स्कुलले यिनलाई पैसा दिन्छन् । त्यहि पैसाले वर्षदिन यी काठमाडौंमा बसेर खान्छन, कामै नगरी । गैरजिम्मेवार, फटाहा, लुटेर खान पल्केका यस्ता गुण्डाजस्ताहरूलाई अब प्रतिबन्ध नै लगाउनु पर्छ । शैक्षिक सुधारमा त यिनलाई रत्तिभर मतलव छैन । सुधार के हो भन्ने पनि यिनलाई थाहा छैन । विशुद्व पैसा उठाउन हिडेका टोले गुण्डा र यिनहरू एउटै हुन् ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    को हो यिनीहरू, गुण्डा झै स्कुल बन्द गर्दै हिड्ने? स्कुल तोडफोड गर्न आए भने कट्टा हानेर खेदाउनु पर्छ अभिभावकले। म स्कुल पढ्दा पनि यी गुण्डहरू स्कुल बन्द गर्दै हिड्थे, महिनौ बन्द गर्थे। तर तिनिहरूकै नेताका छोराछोरी चाही भारतमा पढाउथे, अहिले अमेरिका युरोप तिर छन् होला बुर्जुवा शिक्षा पढ्दै।ढोंग गर्न त यिनीहरू बाट सिक्नपर्छ। आफ्नो अधिकार को रक्षा आफै गर्न पर्छ, दमन बिरूद्द हतियार उठाउने नैसर्गिक अधिकार छ जनता संग, संबिधानले भनिरहनु पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *