चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका नेचर गाइडमाथि सुरक्षाकर्मीको कुटपिट

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका एक नेचर गाइडमाथि कुटपिट भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका टोलीले नेचर गाइड ३० वर्षका गोविन्द राउतमाथि कुटपिट गरेका उनीहरूको आरोप छ ।

राउतका दाजु भोजराजका अनुसार चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खोरसोर नजिकै न्यूरो टिप्न गएका उनलाई गस्तीबाट फर्किएका सुरक्षाकर्मीको टोलीले बन्दुकको नालले कुटपिट गरेका हुन् ।

उनले नेपाल प्रेससँग कुरा गर्दै सुरक्षाकर्मी गस्ती सकेर फर्किने क्रममा निउरो टिपिरहेका भाइलाई कुटपिट गरेको बताए । सुरक्षाकर्मीले कुटपिट गरेपछि शरीरभरि निलडाम भएका उनी घस्रिएर जंगल बाहिर निस्किएपछि स्थानीयले परिवारलाई खबर गरिदिएको उनको भनाइ छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ घर भएका राउतलाई आफन्तले भरतपुरस्थिती पुरानो मेडिकल कलेजमा उपचारको लागि ल्याएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा।गणेश पन्तले घटनाबारे आफूलाई थाहा भएको बताए । तर, घटनाको पूरा विवरण भने नआएकोले कुटपिट हो होइन भन्नेबारे भन्ने जानकारी लिने क्रममा नै रहेको जानकारी दिए । निउरो र च्याउ टिप्न नेचर गाइड राउत मध्यवर्ती क्षेत्रमा गएको आफूलाई जनकारी आएको उनले नेपाल प्रेसलाई जानकारी दिए । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार निकुञ्जको दुधौरा पोष्टको गस्ती टोलीसँग नेचर गाइड राउतको जम्काभेट भएको हो ।

हामी घटनाबारे पूरा विवरण लिने क्रममा नै छौँ, नेपाल प्रेससँग कुरा गर्दै प्रमुख संरक्षण अधिकृत पन्तले भने, यदि कुटपिट भएको रहेछ भने गलत हो । कानून उलंघन गर्ने व्यक्तिलाई कुटपिट होइन कानूनी प्रकृयाबाट नै कारबाही प्रकृया अघि बढाउने हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *