नेकपा एस र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमालेले बाटो बन्द गरेपछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टी एक हुने बताइएको छ । कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् र

यसअघि नै सहमति पत्रमा नेपाल र गौतमबीच हस्ताक्षर भइसकेको छ ।

Comments

One response to “नेकपा एस र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकता घोषणा हुँदै”

  1. ksp pyl Avatar
    ksp pyl

    पार्टी फोडुवाहरूको मिलन । अब त फोडन तछाँडमछाँड हुने भयो । माधवले फुटाउने कि बामदेवले भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *