अरुणिमाका पूर्वपतिको सस्पेन्स भिडिओ- यो हात कसको ?

काठमाडौं । अमेरिका निवासी अभिनेत्री अरुणिमा लम्सालले श्रीमान युवराज श्रेष्ठसँग गत वैशाखमा सम्वन्धविच्छेद गरिन् । उनीहरुको विवाह ९ महिना पनि टिकेन ।

विवाहपछि दुवै आआफ्नो बाटो लागेका छन् । अरुणिमाले श्रीमानलाई डिभोर्स मुद्दा हालेपछि मिडियामा श्रृंखलावद्ध अन्तरवार्ताहरु दिइन् । तर, पति युवराज श्रेष्ठ भने मौन रहे । अहिलेसम्म युवाराजले अरुणिमासँगको डिभोर्सबारे एक शब्द बोलेका छैनन् ।

युवराज टिकटकमा भने सक्रिय छन् । उनी विभिन्न नेपाली गीतमा आफ्नो भिडिओ बनाएर टिकटकमा हालिरहन्छन् । तर नकारात्मक प्रतिक्रियाको चिन्ताले हो वा किन हो पछिल्लो समयमा उनले आफ्नो कमेन्ट सेक्सन बन्द गर्ने गरेका छन् । अरुणिमासँग जोडिएपछि उनको टिकटकमा राम्रै भ्युज आउने गरेको छ ।

युवराजले हालेको पछिल्लो टिकटक भिडिओ भने अलि रोचक छ । युवराजले ‘छातीभित्र मुटु मेरो, ढुकढुकीमा तिमी’ बोलको गीत राखेर बनाएको भिडिओमा एक महिलाको हात देखिन्छ । केवल हात मात्र । महिलाको हात मेहेन्दीले रंगिएको छ । यो टिकटक भिडिओले धेरै कौतुहलता जन्माइरहे पनि कमेन्ट सेक्सन बन्द भएकाले कसैले प्रतिक्रिया दिन पाएका छैनन् ।

महिलाको हातले युवराजको दाह्री र गाला सुम्सुम्याइरहेको छ । साउन महिना भएकाले मेहेन्दी हातमा हुनु स्वभाविक हो । भिडियोमा देखिएको हात उनकै परिवारका सदस्य हो वा अरु कोही स्त्रीको भन्ने युवराजले खुलाएका छैनन् । यद्यपि, रोमान्टिक गीतमा बनाएको हुँदा कतै नयाँ प्रेमिका पो हुन् कि भन्नेसमेत आशंका जन्माएको छ ।

Comments

One response to “अरुणिमाका पूर्वपतिको सस्पेन्स भिडिओ- यो हात कसको ?”

  1. DB Shamser Jung khadayat Avatar
    DB Shamser Jung khadayat

    😁 तुरुन्तै नियत वदलि हाल हावा समाचार पत्र रैछ अरुको व्यक्तिगत जिवनमा के चासो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *