प्रधानमन्त्रीलाई गगनको सुझाव- दिन गनेर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भनिराख्न पर्दैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो कार्यकालको दिन गनेर नबस्न सुझाव दिएका छन्। कांग्रेस आर्थिक विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई ०८४ सम्मको यो अवधि खेर फाल्नु छुट नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ। सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र ? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौँ हामी ? यो एक वर्ष नेपालले के पाउने ?’

उनले सुरुमा केही काम गर्ने प्रयास भए पनि अहिले बरालिएको टिप्पणी गरे। ०८४ को चुनावअघि के परिणाम दिन्छौँ त्यो सरकारले भन्न सक्नुपर्ने बताए।

उनले थपे, ‘अहिले दिन गनेर बसेजस्तो मात्रै छ सरकारको काम, एक जनाले बोलेपछि अर्कोले ढल्दैन ढल्दैन भन्यो। फेरि भोलिपल्ट आयो त्यसैत्यसै चलिरहेको छ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *