साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *