राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा भट्टराई नियुक्त

काठमाडौं । नेकपा (एमाले) संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ ।

पार्टी विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा आजैदेखि लागू हुने गरी मनोनयन गरिएको हो ।

सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु।’ ओलीले प्रमुख सचेतक पदमा नियुक्त भएकोमा भट्टराईलाई हार्दिक बधाई समेत दिएका छन् ।

प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतको पद रिक्त भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *