मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियाे ल्याए: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडिओमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् ।

एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले योजना पूरा नभएपछि चरित्र हत्या गर्न अडिओ बाहिर आएको बताएका हुन् ।

‘कुनै त्यहाँ योजना पूरा गर्न खोजेका, आफ्नो अभीष्ट पूरा गर्न खोजेका व्यक्तिहरुले आफ्नो अभीष्ट पूरा भएन भन्ने हिसाबले गरेका हुन् । मालपोत अधिकृतलाई फिर्ता गराउनका निम्ति यहाँ आएका थिए । मैले हुन्न भने । आफ्नो अभीष्ट पुरा हुन्न भनेपछि यी कुरा बाहिर आए,’ उनले भने ।

उनले थपे, ‘मालपोत अधिकृत पुस महिना अघि नै सारिएको छ । अडिओ बाहिर आउछ । यसले कुन नियतबाट ल्याइयो भन्ने प्रष्ट हुन्छ ।’

Comments

2 responses to “मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए, मैले नमानेपछि अडियाे ल्याए: मन्त्री अधिकारी”

  1. RK Avatar
    RK

    ओली वाको हात शीरवाट निस्किएको दिन कमरेडका दिन कस्ता हुन्छन् ! त्यो समयले बताउला ! सुनपानी छर्किएर हुदैन अब !!

  2. ksp pyl Avatar
    ksp pyl

    अब अडियो ल्याउने विरूद्व सिआईबिमा उजुरी दिनुहोस मन्त्रिज्यू । यदि ती फटाहा हुन् भने त कारवाही गराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *