मन्त्री अधिकारीकाे प्रष्टीकरण- मेराे स्वर भएकाे अडियाे आयाे भने सजाय भाेग्न तयार छु (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमिमन्त्री बलराम अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ३२ लाख घुस लिएको दाबीसहितको अडिओबारे प्रष्टीकरण दिए।

अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरुलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रित भएर सोधेर लेख्न आग्रह गरे।

उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन्। मेरो आवाज मैले मागेको कुरा भनेको कुरा गर्दिन्छु भन्ने कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’

उनले आफ्नो परिवारका सदस्य समेत जोडेर चरित्र हत्या गरएको उनले गुनासो गरे । मन्त्री अधिकारीले भने, ‘केही दिन यता मसँग जोडिएको केही कुरा आएको छ । मसँग जोडेर अडियो आएको भनिएको छ । उक्त अडियोमा आएका व्यक्तिहरू मसँग र मेरो मन्त्रालयसँग सम्बन्धित छैन । मन्त्रीमात्रै भनेर होइन यसमा मेरो छोरालाई पनि जोडियो । मेरो छोराको यिनीहरूसँग भेटेकै छैन।’

सरूवाको काम नियमित रहेकाले यसमा मेरो कुनै संलग्नता नरहेको उनले जिकिर गरे । यसबारे छानविन गरे त्यसमा आफु सहयोग गर्न तयार रहको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *