अब श्रम र उत्पादनमा वाइसिएल, इँटा लगाउनेदेखि चौर सरसफाइ गर्दै प्रचण्डद्वारा अभियानको सुरुआत

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल आजदेखि श्रम र उत्पादनसँग जोडिएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को औपचारिक उद्घाटन गरेका हुन्।

कार्यक्रममा सहभागी भएका प्रचण्डले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको उत्पादन ब्रिगेडको निरन्तरता र एक महत्त्वपूर्ण आयाम भएको बताए।

उनले भने, ‘सर्वसम्मत रूपमा केन्द्रीय समिति गठन भइसकेपछिको पहिलो पदाधिकारी बैठकमा, उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाइसिएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन मैले दिएको थिएँ। त्यसै अनुसार देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो।’

वाइसिएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको छ। सो क्रममा अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन आग्रह गरे।

Comments

2 responses to “अब श्रम र उत्पादनमा वाइसिएल, इँटा लगाउनेदेखि चौर सरसफाइ गर्दै प्रचण्डद्वारा अभियानको सुरुआत”

  1. ksp pyl Avatar
    ksp pyl

    लुटेराहरू नौटंकी गर्छन ।

    1. Bishnu Hari Sapkota Avatar
      Bishnu Hari Sapkota

      banda udhog kholer dekhau k ko natak gareko

Leave a Reply

Your email address will not be published. Required fields are marked *