दैलेख । दैलेखको आठबीस नगरपालिकामा मकै बाली जोगाउने प्रयासमा जुटेका स्थानीयवासी बँदेलको आक्रमणमा परेका छन्।
आठबीस नगरपालिका-३ स्थित जास्कीमा मकै खान आएका बँदेललाई लखेट्ने प्रयासमा गएका स्थानीयलाई बँदेलले आक्रमण गर्दा ६ जना घाइते भएका हुन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको जानकारी दिएका छन् ।
घाइते हुनेहरूमा आठबीस नगरपालिका-२ का २३ वर्षीय डबल बडुवाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की, आठबीस-३ का ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की र कमल कार्की रहेका छन्।
स्थानीयहरूका अनुसार बँदेलले लगातार खेतबारीमा बाली नोक्सान गरिरहेका छन्। यस्तै घटनाबाट प्रभावित किसानहरू अब बाली जोगाउन समेत डराउन थालेका छन्।

Leave a Reply