विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् ।
भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । निरोजको ससुराली घरनजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
फरक वडाका भए पनि उनीहरूबीच पुरानो चिनजान भएको प्रहरीले जनाएको छ ।
विवादको कारण खुलिनसकेको डीएसपी मानबहादुर राईले बताए ।

Leave a Reply