सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला समितिबाट पारित भई आजै प्रदेशसभामा पेश गरिएको छ ।
छलफलपछि प्रदेशसभाको बैठकले विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।
विधेयकमा स्थानीय तहका कर्मचारीको बढुवा प्रक्रियासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। समितिको प्रतिवेदनमा विशेषगरी भौगोलिक क्षेत्रअनुसार सेवा अवधि निर्धारण, करार सेवामा कार्यरत कर्मचारीका हक, तथा बढुवासम्बन्धी प्रक्रियागत स्पष्टता प्रदान गरिएको छ।
संशोधनपछिको ऐन कार्यान्वयनमा आएपछि स्थानीय तहमा काम गरिरहेका कर्मचारीहरूको सेवा प्रवाह, पदोन्नति तथा प्रशासनिक स्थायित्वमा थप सुधार आउने अपेक्षा गरिएको छ।

Leave a Reply