जीवन बीमामा ऐतिहासिक रेकर्ड- नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी, नियामक निकायहरू तथा यस लक्ष्यलाई मूर्त बनाउन सहयोग गर्ने सरोकार पक्षमाझ आभार जनाएका छन् ।

यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश गरेको उल्लेख गर्दै पराजुलीले आगामी दिनमा बीमा बजारको वृद्धिमा अझ सहयोग पुग्ने विश्वास लिए ।

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको प्रयोगअधिकतम  गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *