अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्यमा गोविन्द रानाले उम्मेदवार दिएका छन् ।
एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका राना मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्चरल सोसाइटीजस्ता संस्थाहरूका संस्थापक हुन्। यी संस्थाहरू मार्फत उनले स्थानीय नेपाली समुदायको एकता, समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
यसअघि पनि उनी एनआरएनए एनसीसी अष्ट्रेलियाको सदस्य (२०२३–२५) का रूपमा सक्रिय थिए । उनी नेतृत्वदायी क्षमतासँगै समावेशी सोच, पारदर्शिता र जवाफदेहीताको पक्षधर भएको दाबी गर्छन् ।
यस्ता छन् उनका प्रमुख एजेन्डाहरू
नीति निर्माणमा सहभागिता: अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायका समस्या र आवश्यकता प्रभावकारी रूपमा उजागर गर्ने।
समाजका सबै वर्गको प्रतिनिधित्व: वृद्ध, महिला, युवा र विद्यार्थीका हितमा विशेष प्राथमिकता।
एनआरएनए सदस्यता प्रणालीको डिजिटलाइजेसन र सबै क्षेत्र तथा समुदायबाट सदस्यताको विस्तार।
नेपाली व्यवसाय प्रवर्द्धन तथा भाषा–संस्कृति संरक्षणमा संस्थागत पहल।
नेपाल–अष्ट्रेलिया सम्बन्ध सुदृढ गर्न बहुपक्षीय अभियान।
नेपाली मूलका युवाहरूलाई एनआरएनएमा जोड्ने प्रेरणादायी कार्यक्रमहरू।
उनले भने, ‘एनआरएनएलाई सबै नेपालीहरूको साझा, समावेशी, विश्वासिलो र भविष्य–मुखी मञ्च बनाउने मेरो लक्ष्य हो। आगामी जुलाई २६ को निर्वाचनमा तपाईँहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु।’

Leave a Reply