काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याएको छ । बैंकले बुधवारदेखि एफपीओ निष्काशन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था रहेको छ । जसका लागि बैंकले एफपीओ जारी गरेको हो । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासनमा ल्याएको छ ।
बैंकको एफपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँको रहेको छ ।
हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने बाँकी २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ ।
बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९२ लाख ५० हजार ४६९ कित्तासम्म आवेदन दिन सकिनेछ । सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस एफपीओ साउन ४ गतेसम्म निष्कासनमा रहनेछ ।

Leave a Reply