काठमाडौं । राजसंस्थाको एजेन्डा बोकेको प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि एकपटक अन्तरकलहमा फसेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको संस्थापन पक्ष र महामन्त्री डा. धवलशम्शेर राणाले नेतृत्व गरेको असन्तुष्ट समूह कडारुपलेआमनेसामने भएका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीको अनुशासन समितिबाट नवराज सुबेदीलाई र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई हटाएपछि अन्तरद्वन्द्व चुलिएको हो । यो निर्णयविरुद्ध डा. राणाको नेतृत्वमा असन्तुष्ट समूहले निर्वाचन आयोगमा उजुरी नै दिइसकेको छ । तर, संस्थापन पक्ष भने निर्णयमा पुनर्विचार गर्ने पक्षमा छैन ।
राणा उनै नेता हुन् जसले राप्रपाको गत महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष जित्न सघाएका थिए । तर, अहिले आएर उनी पार्टीभित्रको प्रतिपक्षी नेताजस्तो बन्न पुगेका छन् । लिङदेनले राणालाई पार्टीको संगठन विभाग प्रमुखबाट हटाएका थिए भने आन्दोलन परिचालन समितिको जिम्मेवारी पनि खोसेका छन् । फलतः राणा लिङदेनसँग चरम असन्तुष्ट बन्दै गएका छन् ।
डा. राणा पार्टीको आगामी महाधिवेशनमा अध्यक्षका सम्भावित आकांक्षी पनि हुन् । उनले अहिल्यैदेखि महाधिवेशनलक्ष्यित गुटबन्दी गरिरहेको संस्थापन पक्षको बुझाइ छ । राणा भने आफू पार्टीभित्र अध्यक्षको स्वेच्छाचारिताविरुद्ध लडिरहेको बताउँछन् । नेपाल प्रेससँगको कुराकानीमा उनले ६ पटक अध्यक्ष लिङ्देनको घरमै गएर सम्झाउने असफल प्रयास गरेको उल्लेख गरे ।
डा. राणा एक ‘क्यान्सर सर्भाइभर’ हुन् । उनलाई गिजाको क्यान्सरपश्चात भारतमा गएर उपचार गराएका थिए भने अहिले पनि नियमित फलोअपमा जाने गरेका छन् । गत चैत १५ गतेको आन्दोलनपछि पक्राउ परेका उनलाई स्वास्थ्यकै कारण साधारण तारेखमा छोडिएको थियो । त्यसपछि उनी फेरि पहिलेझैं राजनीतिमा सक्रिय छन् । २५ दिन हिरासतमा बस्दैमा आफ्नो अठोटमा कमि नआएको राणा बताउँछन् ।
सुस्ताएकाे राजावादी आन्दाेलन र राप्रपाभित्रको अन्तरद्वन्द्वका विषयमा केन्द्रित रहेर राप्रपा महामन्त्री राणा नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलसँग करिब २ घन्टा गफिए । त्यही कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ :
अहिले स्वास्थ्य अवस्था कस्तो छ यहाँको ?
एक्सिलेन्ट । केही समस्या छैन ।
क्यान्सर पूर्णरुपमा निको भयो ?
अँ, त्यसको अपरेसन पनि ग¥यो, रेडिएसन ग¥यो र अहिले आएर म पूर्ण रूपले, आई थिंक, क्यान्सररहित भएको जस्तो महसुस भएको छ । शारीरिक र मानसिकरुपले पुरानै अवस्थामा फर्किएको छु ।
यसको दीर्घकालीन असर चाहिँ के हुँदो रहेछ ?
लङ टर्म असर भन्न सकिन्न । फर्केर आउन सक्ने सम्भावना हुन्छ । त्यसकारणले टाइम–टाइममा हामी फलो–अपमा जानुपर्छ । त्यो गइरहेको छु । लास्ट फलो–अपमा अहिले केही पनि छैन, अल क्लियर भन्यो । तर चार महिनापछि फेरि बोलाएको छ ।
क्यान्सर भन्ने बित्तिकै एउटा डरलाग्दो रोगको रुपमा लिइन्छ जनमानसमा । हामी सबै क्यान्सरसँग एकदम त्रसित हुन्छौँ । तपाईंलाई जब क्यान्सर भयो भन्ने रिपोर्ट आयो, त्यो बेलाको कस्तो किसिमको मनोदशा थियो ? कत्तिको डर लाग्यो ?
राजाको भव्य स्वागतपछि सबै हौसिए । माहोल पनि पोजिटिभ थियो । तर चैतको १५ गते जुन तीनकुनेमा घटना भयो, त्यो एकदमै दुर्भाग्यपूर्ण थियो । कुनै पनि तयारीबिना त्यो कार्यक्रम भयो ।
डरभन्दा पनि मेरो मदर (आमा) यही रोगले, यही ठाउँमा (गिजामा), अहिले मेरै उमेरमा, क्यान्सर लागेर बित्नुभएको हो । आमा ६६–६७ वर्षको हुनुहुन्थ्यो । म ६२ वर्षको हुँदाखेरि लाग्यो । त्यसकारणले म सचेतै थिएँ । एउटा सानो घाउ भयो भने बायोप्सी गराइहाल्थेँ ।

पोजिटिभ आएपछि आत्तिनुभयो कि आत्तिनुभएन ?
म आत्तिइनँ । जिन्दगीको भरोसा छैन । यस्तो हुन सक्छ । मेरो स्टार्टिङ फेजमै थियो । हामी मजाले दिल्ली गयौँ । दिल्लीमा सबै फ्यामिली बस्यौं । सल्लाह गर्यौँ । निष्कर्ष के निस्कियो भने बम्बईमा हेड एन्ड नेक क्यान्सरको इन्स्टिच्युट छ । र त्यहाँ एउटा फेमस डक्टर छन्, जसले शरद पवारहरुसहित धेरैको ग¥या छ । त्यहीँ गएर गर्नुपर्छ भनेपछि हामी बम्बई गएर अपरेसन गरायौँ, रेडिएसन गरायौँ । अहिले म क्यान्सर हुनेभन्दा पहिले जस्तो थिएँ, त्यस्तै छु ।
गिजाको क्यान्सर के कारणले हुँदो रहेछ ? जेनेटिक पनि हो र ?
हेरिडिटी पनि हुन सक्छ । तर त्यसलाई केही कुराले ट्रिगर गर्नुपर्छ । खानपानमा त मेरो समस्या थिएन । म सिगरेट, बिँडी, रक्सी, खैनी केही पनि खान्न । पहिले सबै खान्थेँ, पछि छोडेँ । सिगरेट छोडेको आज ३४–३५ वर्ष भइसक्यो । म त अस्पतालको बेडै नदेखेको मान्छे अहिलेसम्म । कहिल्यै अस्पतालमा भर्ना नभएको मान्छे । एकैचोटि झ्याम्म यस्तो भयो । तर यसलाई सहजै रूपले लिएँ मैले । जे हुन्छ हुन्छ, अब भाग्यको कुरा हो । अहिले त मलाई क्यान्सरै थिएन कि जस्तो लाग्छ ।
दुर्गाजीले राजाहरुको पक्षमा म गर्छु भनेपछि नाइँ भन्ने कुरा आएन । म फेरि सानो–सानो राजावादीहरुले पनि आन्दोलन या जुलुस गर्दाखेरि गएर उनीहरुलाई ढाडस मिलोस् भनेर बोल्दिएको हुन्छु, जुलुसमा गइदिएको हुन्छु । अब दुर्गाजीले गरेकोमा पनि नाइँ भन्ने कुरा थिएन । हामी गइदिएको हो । अनि उहाँलाई समर्थन गर्दिएको हो ।
अब राजनीतिक विषयवस्तुमै प्रवेश गरौँ । एउटा ठूलो माहोल आएको थियो, तपाईंहरुले बोकेको राजसंस्थाको एजेण्डाका पक्षमा । खासगरी जब पूर्वराजाले आह्वान गर्नुभयो, त्यसपछि एयरपोर्टमा उहाँको जुन भव्य स्वागत–अभिनन्दन भयो, त्यसपछाडि त गणतन्त्रवादीहरु आत्तिन थालेका थिए । तपाईंहरुले विभिन्न तरिकाबाट आन्दोलनहरु अगाडि बढाउनुभयो । तर त्यो आन्दोलनले गति लिन सकेन र अहिले आन्दोलन नै अचेत अवस्थामा छ । केमा कमजोरी भयो जस्तो लाग्छ ?
पहिले त कहाँबाट सुरु गरौँ भने, राजाको भव्य स्वागतपछि सबै हौसिए । माहोल पनि पोजिटिभ थियो । तर चैतको १५ गते जुन तीनकुनेमा घटना भयो, त्यो एकदमै दुर्भाग्यपूर्ण थियो । कुनै पनि तयारीबिना त्यो कार्यक्रम भयो । नवराज सुवेदी, हामी आमन्त्रित भएर गएका थियौं । भर्खर हाम्रो जनआन्दोलन समिति बनेको थियो । त्यो एउटा अम्ब्रेला थियो, सबै राजावादी, राष्ट्रवादीलाई एक ठाउँमा ल्याउने । त्यो अम्ब्रेलाअन्तर्गत दुर्गा प्रसाईं पनि एकजना थिए । उहाँको कार्यक्रम, उहाँले सिडियोसित पर्मिसन लिएको, उहाँले प्रचार गरेको, मञ्च बनाएको, उहाँको कार्यक्रममा हामी आमन्त्रित भएर गएको… हामी पुग्दा–नपुग्दा नै त्यो कार्यक्रमले एउटा उग्र मोड लिइसकेको रहेछ । हामी त त्यो कार्यक्रममा भाषण गर्न मात्र…
म अलिकति रोक्छु है त । आमन्त्रित भएर गएको भनिराख्दाखेरि, तपाईंहरुसमेत संलग्न रहेको संयुक्त जनआन्दोलन समितिले अघिल्लो दिनमा पत्रकार सम्मेलन गरेर त्यो कार्यक्रमको सम्पूर्ण अपनत्व हामी लिन्छौँ भनेर नवराज सुवेदीले घोषणा गर्नुभएको थियो नि, हैन ? अपनत्व लिइसकेपछि त त्यसको सम्पूर्ण जिम्मेवारी तपाईंहरुकाे पनि थाप्लोमा परेन ?
होइन । कार्यक्रम सबै दुर्गाजीको नागरिक बचाउ अभियानले गरेको हो । हामी आमन्त्रितै भएर गएको हो । हामीले त १७ गते राजदरबारको अगाडि आन्दोलन गर्ने भनेका थियौं ।
दुर्गा प्रसाईंले चैत १५ गते बितण्डा मच्चाउने भित्रीरुपमा प्लान गरेका थिए हाेला ?
कसैले त्यस्तो प्लान गर्या भए, हामी त्यो प्लानको ‘नो हाउ’ मा थिएनौँ । त्यो प्लान हामीसित कसैले सेयर गरेको थिएन । मलाई दुःख त्यहीँ लागेको छ । हामीले प्लान गर्या भए, मलाई केही प्रब्लम हुन्थेन । तर आफूलाई जानकारी नै नभएको बेलामा, हामीलाई राज्यले बेकारमा यो दुःख दिइरहेको छ, फँसाइरहेको छ । त्यसले मात्र मलाई दुःख लागेको हो । नत्र राजनीति गर्ने मान्छे कहिले जेल हुन्छ, कहिले नेल हुन्छ, के–के पनि हुन्छ ।
दुर्गा प्रसाईंको पृष्ठभूमि सङ्लो त पहिल्यैदेखि थिएन । उनी एक विवादित व्यक्ति नै हुन् । कहिले प्रचण्डसँग नजिक, कहिले केपी ओलीसँग नजिक, अहिले आएर राजावादी भएका छन् । यस्तो एउटा संदिग्ध पात्रलाई विश्वास गरेर तपाईंहरुले आफ्नो आन्दोलनको कमान्डर नै बनाइदिनुभयो । अर्को, उनले आयोजना गरेको आन्दोलनलाई पूर्णरुपमा अपनत्व लिएर त्यहाँ जानुभयो । त्यसमा कमजाेरी भएको जस्तो लाग्छ कि लाग्दैन ? दुर्गा प्रसाईंलाई विश्वास गर्नु नै गल्ति भएको होइन ?
होइन । त्यो हेर्नुस्, चिरञ्जीवीजी दुई–तीनवटा कारणले भएको हो । एउटा त त्यो बेला पूर्ण रूपले राप्रपाले साथ दिएन । हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा सबै राष्ट्रवादी, राजावादीलाई साथ दिने भनेर निर्णय गरायौँ । तर पूर्णरूपले राप्रपाको साथ हामीले पाएनौँ ।

तपाईं आफैँ राप्रपाको महामन्त्री भएर राप्रपाको साथ पाएनौं भन्न मिल्छ र ?
होइन । म भन्दै छु नि । राप्रपाको जिल्ला कमिटी काठमाडौँ लाग्यो । तर पूर्णरूपले पार्टीले यसलाई सफल गरौँ भन्ने परिस्थिति भएन । त्यो बेलासम्म त्यो जनआन्दोलन परिचालन समितिमा हाम्रो राप्रपाको नेतृत्व पनि आइसकेको थिएन । भर्खर बनेको समिति थियो । अनि दुर्गाजीले राजाहरुको पक्षमा म गर्छु भनेपछि नाइँ भन्ने कुरा आएन । म फेरि सानो–सानो राजावादीहरुले पनि आन्दोलन या जुलुस गर्दाखेरि गएर उनीहरुलाई ढाडस मिलोस् भनेर बोल्दिएको हुन्छु, जुलुसमा गइदिएको हुन्छु । अब दुर्गाजीले गरेकोमा पनि नाइँ भन्ने कुरा थिएन । हामी गइदिएको हो । अनि उहाँलाई समर्थन गर्दिएको हो । राप्रपाको पनि मान्छेहरु आएकै हो । तर यो उग्रतामा हाम्रो कुनै योजना पनि थिएन । हाम्रो साथ पनि थिएन ।
हामी बीएन्डबी अस्पतालमा गोली लागेको मान्छेहरुलाई हेर्न गएका थियौं । त्यहाँबाट निस्किने बित्तिकै पुरै गाडी आएर रोके, अनि हिँड्नुस् भनेर टेकुमा लगे । म र रवीन्द्र मिश्रजी सँगै थियौँ । पुलिससँग पक्राउ पुर्जी–सुर्जी केही थिएन । त्यहाँ लगिसकेपछि मेडिकल गर्यो अनि अर्को दिन पक्राउ पुर्जी दिए ।
राप्रपाजस्तो यति ठूलो राजनीतिक शक्ति, संसदमा समेत बलियो प्रतिनिधित्व भएको सबैभन्दा ठूलो राजावादी एउटा दलले आफ्नो शक्तिमा विश्वास नगरेर एउटा दुर्गा प्रसाईंजस्तो व्यक्तिको पछि लाग्नु पनि जायज त थिएन होला नि ?
यो जनआन्दोलन परिचालन समिति भनेको राप्रपाको मात्रै थिएन । हामी राप्रपाको मान्छे पनि थियौं, र अरु ४६ वटा घटकहरु मिलेर त्यो बनेको हो । त्यो ४६ वटामा दुर्गा प्रसाईंजीको पनि एउटा थियो घटक । अनि हरेक घटकले कार्यक्रम गर्दाखेरि हामी जानैपर्ने हुन्थ्यो । गएकै हो । कसले के गर्न ला’छ भन्ने त…
दुर्गा प्रसाईंले त्यस्तो किसिमको केही घटाउन सक्छन् भन्ने खालको आँकलन हुन नसकेको हो ?
हो, हो, एकदमै हो । हामीले यो प्रकारको त्यहाँ घटना होला भन्ने सोचेकै थिएनौँ । त्यस्तो घटना होला भन्ने थाहा भए त जाँदै जान्थेनौँ नि हामी ।
अहिले तपाईंहरु त निस्किनुभयो, तर दुर्गा प्रसाईं अझै पनि हिरासतभित्रै हुनुहुन्छ । उहाँको लागि त कोही पनि बोलेको छैन नि किन ?
होइन, मैले उहाँको लागि सदनमै बोलेको छु । उहाँमाथि अन्याय भएको छ, उहाँले पनि गरिब जनताहरुको लागि आवाज उठाएको हो । काल–परिस्थितिमा त्यस्तो घटनाहरु भयो । जमानतमा हामीलाई मात्र होइन, उहाँलाई पनि छोड्दिनुपथ्र्यो भनेर मैले सदनमा समेत बोलेको छु ।
पार्टीले आधिकारिक रूपमा केही पनि भनेन नि ?
हो, पार्टीले भनेको छैन । अब मैले पार्टीको कुरा त कसरी गर्ने ?
तपाईं महामन्त्री हो नि त…
तपाईंको कुरा मान्छु । तर मैले व्यक्तिगत रूपले सदनमा नै बोल्दिएको छु ।
अब अहिलेको अवस्था के त ? आन्दोलन अब के हुन्छ ?
अब अहिले त…बर्खा पनि लागेको छ ।
पहिलो दिन हतकडी उहाँलाई पनि लगाए, मलाई पनि लगाए । पछि अफिसरले सोच्यो होला, सांसदलाई हतकडी लगाएर लग्नु हुँदैन भनेर । अनि खोल्दिए । खोल्दिएपछि नखोल भन्नु भएन ।
व्यवस्था उल्टाउने आन्दोलनलाई पनि बर्खा, भेल, गर्मी, जाडोले छेक्न सक्छ र ? आन्दोलनमा उत्रिसकेपछि त सबै कुरा झेल्नुपर्यो नि ।
सुन्नुस् न । यो किसानै–किसान भएको देश हो । धान रोप्नुपर्छ । पानीमा कसलाई हिँडाउने, कसलाई बोलाउने, कसलाई परिचालन गर्ने । त्यसकारणले दुई–तीन महिना यो बर्खाको बेलामा कुनै पनि प्रकारको जनसहभागिता गराउन मुस्किल हुन्छ । त्यो तपाईंलाई पनि थाहा छ नि । हामीले जनतालाई अथवा समर्थकहरुलाई दुःख पनि नदिएको हो ।
तर आन्दोलनमा जनसहभागिता कमजोर हुँदै गएपछि बाध्य भएर स्थगित गर्नुपरेको हो नि, हैन र ?
अँ, एउटा पक्ष त्यो पनि हो ।
किन, किन त्यस्तो भयो त ?
हामीले राम्रोसित म्यानेजमेन्ट गर्न सकेनौँ भनूँ ।
तपाईंहरुले राजसंस्थाप्रति जुन माहोल छ भनेर ठान्नुुभएको थियो, त्यो रहेनछ भन्ने बुझ्नुभयो ?
होइन, त्यो होइन । हाम्रो म्यानेजमेन्टको कमी भयो ।
के–के कमी भयो ?
हामीले संयोजन पनि राम्रोसित गर्न सकेनौँ । ४६ वटा संस्था थिए । तिनीहरु सबैलाई हामीले महत्व दिन सकेनौँ । तिनीहरुको पनि गुनासो, पार्टीहरुको पनि गुनासो, नेताहरु पनि आपसमा मिलेनन् । यो सबै कारणले यो आन्दोलन अलिकति निस्तेज हुँदै गयो ।
चैत १५ गते आन्दोलनपछि तत्कालै पक्राउ पर्नुभयो । तपाईंहरुलाई पक्राउ पर्दैछु भन्ने पूर्वसूचना केही आएको थियो ?
अहँ । लास्ट–लास्टमा चाहिँ तपाईंलाई खोजिरा’छ भन्ने सुनिएको थियो । तर हामीले केही गरेको छैनौँ । हामी त अस्पताल–अस्पतालमा घाइतेहरुलाई उपचार गर्दै हिँडिरहेका थियौँ । सादा पोशाकमा ठ्याप्प पुलिस आएर समातेर लग्यो । मलाई त हामीलाई के आरोप लगाउला भन्ने थियो । तर गर्दा–गर्दा–गर्दा त यत्रो ठूलो–ठूलो आरोप लगाएर, मुद्दा लगाएर २५ दिन दिन थुन्यो ।

कहाँबाट, कसरी समाते तपाईंहरुलाई ?
हामी बीएन्डबी अस्पतालमा गोली लागेको मान्छेहरुलाई हेर्न गएका थियौं । त्यहाँबाट निस्किने बित्तिकै पुरै गाडी आएर रोके, अनि हिँड्नुस् भनेर टेकुमा लगे । म र रवीन्द्र मिश्रजी सँगै थियौँ । पुलिससँग पक्राउ पुर्जी–सुर्जी केही थिएन । त्यहाँ लगिसकेपछि मेडिकल गर्यो अनि अर्को दिन पक्राउ पुर्जी दिए ।
तपाईंको यो जीवनकै पहिलो हिरासत बसाइ होइन त ?
हो नि त । म कहिल्यै म यो उग्रतामा विश्वासै नगर्ने मान्छे, पहिलोचोटी हो यस्तो ।
भोजन गृहमा केही व्यक्तिहरुले राप्रपाको नेतालाई संयोजक हामी कहाँ मान्छौँ भनेपछि नवराजजीले ल, म छैन त राप्रपामा भनेको हो । भनेकै हो, म पनि छु त्यहाँ । तर अगाडि–पछाडिको कुरा आएन, खाली त्यति मात्र काटेर प्रचार भयाे ।
कस्तो हुँदो रहेछ हिरासतको बसाइ ? तपाईंको अनुभव कस्तो रह्यो ?
एकदमै सुखद थियो । एउटा त मोबाइलबाट छुटकारा मिल्यो । अर्को के भयो भने, म औषधि उपचार गरेर अपरेसन गरेर आएको मान्छे । मैले रेस्टै पाएको थिइनँ । २०–२५ दिन मजाले रेस्ट पाइयो । खाना पनि राम्रो, पुलिसको त्यहाँ व्यवहार पनि राम्रो थियो । एक्सरसाइज पनि गरियो । मिश्रजीले कविता लेख्ने, मैले कविता सुन्नै पर्ने स्थिति हुन्थ्यो, ठट्टा–मजाक हुन्थ्यो । कुनै पनि अप्ठ्यारा आएनन् ।
तपाईं संसद, उहाँ (रविन्द्र मिश्र) गैर–संसद हुनुहुन्छ । तपाईंहरु दुईबीच पनि कुनै फरक व्यवहार भयो कि भएन ?
थिएन । समान व्यवहार थियो ।
हिरासतभित्र कुनै किसिमको दबाब, थ्रेट केही पनि महसुस भएन ?
कहाँ मान्छौँ हामीले ? राजनीति गर्ने मान्छे डराउँछ ? त्यस्तो थ्रेट गर्न आयो भने त उल्टै कराइहाल्थ्यौँ नि । त्यो आँटै गर्दैन ।
अदालत लैजाँदाखेरि रवीन्द्र मिश्रलाई हातमा हतकडी लाइदिएको, तपाईंलाई चाहिँ नलगाएको देखियो…
त्यो केही पनि होइन के । उहाँलाई हत्कडी लागेको भनेको एकछिन हो ।
एकछिन भए पनि अपराधिलाई जसरी हातमा हतकडी लागेर तस्बिर त आयो नि ?
मलाई पनि पहिले लगाएको थियो, पछि खोल्दिए ।
ए, तपाईंलाई पनि लगाएको थियो ?
त्यहाँभित्र (प्रहरी परिसर) बाट निकाल्दा लगाएको थियो । पछि ए, उहाँलाई खोल्दिनु भनेर खोल्दिए । पहिलो दिन हतकडी उहाँलाई पनि लगाए, मलाई पनि लगाए । पछि अफिसरले सोच्यो होला, सांसदलाई हतकडी लगाएर लग्नु हुँदैन भनेर । अनि खोल्दिए । खोल्दिएपछि नखोल भन्नु भएन ।
एकछिन लग्ने–आउने बेलामा लगाएको हो, त्यो ठूलो कुरा होइन । राजनीति गर्ने मान्छेहरुलाई यो सबै कुरासित सहेर हिँड्नुपर्ने परिस्थिति हुन्छ । मैले यसलाई सामान्य रूपले लिएको छु ।
स्वास्थ्यको कारण साधारण तारेखमा छुट्नुभयो । छुट्दाखेरि प्रहरीमा के कागज गर्नुभएको थियो ?
हिरासतमा म मजाले रमाएर बसिरहेको थिएँ । रविन्द्रजी कविता लेख्ने, मैले सुन्नै पर्ने । बुझेको छ कि छैन भनेर परीक्षा दिनुपर्ने । यसरी नै बितिरहेको थियो दिन । तर मेरो अपरेशन गरेको ठाउँमा सानो सिस्ट आयो । त्यसको बायप्सी गर्नुपर्यो । हिरासतमा रमाएर बसेर त जिन्दगी फाल्नुभएन । सिस्ट आएपछि मैले छुट्नपर्यो भनेर कुरा राखेँ । हाजिरी जमानतमा छुट्दा जे कागज गर्नुपर्छ त्यही गरेको हो ।
अबदेखि आन्दोलनमा सक्रिय नहुने शर्त थियो कि थिएन ?
हेत्तेरी । म कहाँ त्यस्तो गर्छु ? बरु म जेल बस्छु त्यस्तो कागजमा हस्ताक्षर गर्दिनँ । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार मलाई संविधानले दिएको छ ।
अलिकति प्रसंग बदलौं । राजसंस्था पुनस्र्थापनको आन्दोलन गर्ने सन्दर्भमा एकाएक ८७ वर्षिय वयोवृद्ध नेता नवराज सुवेदीलाई अगाडि उभ्याइयो, जसलाई अहिलेको पुस्ताले चिन्दा पनि चिन्दैनन् । उहाँ सक्रिय नै हुनुहुन्थेन कतै पनि । राप्रपा सिंगो एउटा दल हुँदाहुँदै, त्यही पार्टीको एकजना पुरातन नेतालाई कमाण्डर बनाएर अघि सार्ने योजना कसको ? तपाईंको भन्छन् नि ।
होइन, मेरो होइन । मलाई मेरै नाम राखेको त थाहा थिएन । सुवेदीजीले तेरो नाम पनि छ भनेपछि लौ त भनेँ । मलाई मेरो आफ्नै नाम राखेको त थाहा छैन भने मैले उहाँको नाम राख्ने कुरै आएन । म झुठो बोल्ने मान्छे होइन ।
त्यसो भए उहाँलाई अघि सारेको कसले ? निर्मल निवासले हो त ?
राजाले हो कि, राजाको नजिकैका मान्छेले हो कि कसले हो, मलाई क्लियरकट थाहा छैन । तर मैले होइन ।
हाम्रो जहिले पनि के विश्वास छ भने, राप्रपाको पनि विश्वास त्यही हो, कि सबै राजावादी, राष्ट्रवादी एक ठाउँमा आउनुपर्छ । राप्रपाको एक्लो शक्तिले यो आन्दोलन पार लाग्दैन ।
तपाईंहरु त छलफलमै हुनुहुन्थ्यो नि अगाडिदेखि । तपाईंले थाहा छैन भन्नै मिलेन ।
होइन, सुन्नुस् न । मैले तपाईंलाई भनिरा’छु, म झुट बोलिरा’छैन । मैले सुवेदीजीको नाम सारेको होइन अगाडि । यति तपाईंले बुझ्नुस् । सुवेदीजीले नै मलाई भन्नुभयो कि तिमीहरुको पनि नाम आएको छ । अनि तपाईं आन्दोलन परिचालन समितिको संयोजक, सदस्य–सचिव रवीन्द्र मिश्र । हुन्छ भनेर अगाडि बढियो । तर उहाँलाई किन ल्याइयो भन्ने मलाई थाहा भएन ।
राप्रपाको कार्यसम्पादन बैठकमा नवराज सुबेदीले मलाई राजाबाट यस्तो किसिमको प्रस्ताव आएको छ भनेर भन्नुभएको थियो रे नि ?
अँ, भन्नुभयो होला । म थिएँ कि थिइनँ त्यो वैठकमा खोइ ? तर आशय त्यही थियो । अनि उहाँलाई किन ल्याइयो जस्तो मलाई लाग्छ भने, राजावादी नेताहरु चारतिर फर्केका थिए । कसैले कसैलाई नमान्ने । नवराज सुवेदी भनेको सिनियर नेता, यिनीहरु सबैको गुरु । ल, गुरुलाई नै अगाडि सार्दिएपछि सबैजना चुपचाप लागेर लाइनमा आउँछन् भनेर हो । आउन पनि आए नि । नत्र मैले र रवीन्द्र मिश्रले डेढ वर्षबाट यो राजावादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन खोजेका थियौँ, सक्या थिएनौँ । तर हाम्रो सुवेदीजी आएपछि धेरै–सबै मिले नि । अब मनले मिले कि मिलेनन्, त्यो त आफ्नै ठाउँमा छ । तर बाहिर त एउटै मञ्चमा आएर एउटै कार्यक्रममा त हिँडियो नि ।
निर्मल निवासमा जब राजाले राप्रपाका वरिष्ठ नेताहरुलाई बोलाएर बैठक राख्नुभयो, त्यसमा यो प्रश्न उठ्यो । ज्ञानेन्द्र शाहीले ‘नवराज सुवेदीलाई सरकारले अघि सारिबक्सेको हो कि होइन ?’ भन्ने प्रश्न गर्दा राजाले मैले अघि सारेको होइन भनेर स्पष्ट रूपमा भन्नुभएको भन्ने कुरा छ । त्यो चाहिँ कति सत्य हो ?
सुन्नुस् न । म त्यो मिटिङमा छैन । म थुनुवामा हुँदाखेरि त्यो मिटिङ भएको हो । मैले पनि यो तपाईंले भनेको कुरा सुनेको हो । अब सुनेको कुरामा म के जवाफ दिउँ ?
नवराज सुवेदी आफैँले मलाई निर्मल निवासले अघि सारेको होइन भनेर इन्टरभ्युहरुमा भनिराख्नुभएको छ नि त ?
यो कुरा चाहिँ तपाईंले उहाँलाई सोध्नुपर्छ । अब मैले थाहा नपाएको कुरालाई ठोकुवा गरेर बोल्न उचित हुँदैन ।
यो जनआन्दोलन समितिको अहिलेको स्टाटस के हो ? भङ्ग भयो कि ?.
हैन, भङ्ग भएको छैन।
लिङ्देनजी आएपछि पार्टी एकजुट भएर अगाडि जाला, सरसल्लाहमा हिँड्ला भनेर आशा र भरोसा गरेर हामीले जिताएकै हो । तर त्यो आशा र भरोसा पूरा भएन । उहाँले एकल नेतृत्वमा पार्टी चलाउन खोज्दाखेरि, म ६ पटक उहाँको घरमा गएर यसो नगर्नुस्, मिलेर जाऊँ, मिलेर जाऊँ, सल्लाह गरौँ भने । के बिग्रिएको छ र ? मलाई केही पनि चाहिँदैन भनेको हो ।
नवराजजी त अब फेरि राप्रपामा फर्किन प्रयासरत हुनुहुन्छ । जबकि उहाँले राप्रपा परित्याग गरेको भनेर घोषणा गरिसक्नुभएको थियो ।
त्यो पनि एउटा सिलसिला छ के । त्यो भोजन गृहमा केही व्यक्तिहरुले राप्रपाको नेतालाई संयोजक हामी कहाँ मान्छौँ भनेपछि नवराजजीले ल, म छैन त राप्रपामा भनेको हो । भनेकै हो, म पनि छु त्यहाँ । तर अगाडि–पछाडिको कुरा आएन, खाली त्यति मात्र काटेर प्रचार भयाे ।
सबैको चित्त बुझ्छ भने ल म राप्रपाको सदस्य रहिनँ भन्नुभएको हो । तर पछि डाक्टर लोहनीको घरमा डाक्टर लोहनी, पशुपति शमशेर, राजेन्द्र लिङ्देन, हरिबहादुर बस्नेत र नवराज सुवेदी बसेर यो कुरामा छलफल गरे । छलफल गरिसकेपछि, यो राजीनामाको कुरा अब अगाडि नगरौँ, मौखिक भनेर केही पनि हुँदैन, तपाईं आफ्नै ठाउँमा हुनुहुन्छ भनेर सबैले त्यहाँ सहमति गरे ।

कहिलेको कुरा ?
यो आन्दोलन नै चलिरहेको बेलाको कुरा हो । आन्दोलन चलिरहेको बेलामा उहाँहरु बसेर यो राजीनामाको कुरा अब नगर्ने, यो सिद्ध्यो भनेको हो ।
तर उहाँ त पार्टी बैठकमा जान छोड्नुभयो नि त त्यसपछि ।
पार्टी बैठकमा आउनुभयो त उहाँ ।
त्यसपछि त कहाँ आउनुभयो र ?
होइन, आउनुभएको छ ।
राजीनामा घोषणा गरेपछि आउनुभयो ?
अँ, राजीनामा घोषणा गरिसकेपछि पनि आउनुभएको छ । त्यही बैठकमा कुरा उठेको हो । राजीनामा त लिखितमा हुनुपर्छ, मौखिकमा हुँदैन भनेर बैठकमा पनि कुरा भएको हो । तर त्योभन्दा पनि नेताहरु बसेर यसको छलफल गरेर टुङ्ग्याएको हो । यो कुरा तपाईंले मैले नाम लिएको नेताहरुसित कन्फर्म गर्नुस् । मैले गल्ती बोलेको हो भने ।
अनि अर्को कुरा, तपाईं राप्रपाजस्तो राजनीतिक शक्तिको एकदमै जिम्मेवार पदमा हुनुहुन्छ । तर पार्टीलाई बाइपास गरेर अथवा पार्टीलाई अवमूल्यन गरी एउटा अर्को नयाँ संरचना बनाएर, समानान्तर तरिकाले आन्दोलन अगाडि बढाउन खोज्नुभयो । त्यो त पार्टी सिध्याउने, कमजोर बनाउने खेलमा आफैँ लागेको जस्तो भएन ?
मैले गर्या होइन । हाम्रो जहिले पनि के विश्वास छ भने, राप्रपाको पनि विश्वास त्यही हो, कि सबै राजावादी, राष्ट्रवादी एक ठाउँमा आउनुपर्छ । राप्रपाको एक्लो शक्तिले यो आन्दोलन पार लाग्दैन । अनि त्यहाँपछि जनता–जनार्दन पनि जोडिनु पर्छ भन्ने हाम्रो मान्यता हो र त्यही मान्यताअनुसार हामी अगाडि बढेको हो । पार्टीलाई कमजोर गर्नको लागि गरेकै होइन ।
तर यसो गर्न मिल्छ त पार्टी सिस्टममा ? आफ्नो पार्टी हुँदाहुँदै अर्कोतिर समानान्तर संरचनामा सक्रिय हुन मिल्छ ?
पार्टीले एक्लै सक्दैन नि । त्यो त हामीले महसुस गरेको छौँ । एक्लै राप्रपाले यो गणतन्त्र, यो संघीयतालाई परिवर्तन गर्न सक्दैन । सबै राजावादी, राष्ट्रवादी जो यो एजेण्डामा विश्वास गर्नेहरुलाई एउटा प्लेटफर्ममा ल्याउनुपर्छ भनेर हामीले धेरै पहिलेबाट प्रयास गरिरहेको हो ।
तपाईंलाई के लाग्छ, त्यो संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा राप्रपा बाध्यताले तानिएर अथवा घिसारिएर आएको हो ?
पहिले अलि–अलि अनिच्छा गर्या हो, पछि चाहिँ पूर्णरूपले आएकै हो ।
आफ्नो सम्पूर्ण शक्ति लगाएको हो राप्रपाले ?
लगाएको हो । मान्छे ल्याएकै हो, बोलाएकै हो ।
पछिल्लो समयमा तपाईंलाई पार्टीभित्रको एउटा प्रतिपक्षी नेताको रूपमा लिन थालिएको छ । अथवा संस्थापन इतर भनौँ, जे भनौँ । एउटा गुट तपाईंले सञ्चालन गर्दै हुनुहुन्छ भन्ने आरोप छ राप्रपाभित्र । अहिले जो नेतृत्वमा हुनुहुन्छ राजेन्द्र लिङ्देन, उहाँलाई तपाईंले नै सघाएर अध्यक्ष हुनुभएको हो चुनावमा । तर अहिले आएर उहाँ र तपाईंबीच अन्तरद्वन्द्व बढेको छ । कहाँबाट सुरु भएको तपाईंहरुबीच फाटो ?.
मैले यो विषयमा बोल्दाखेरि बडो संवेदनशील भएर बोल्नुपर्छ चिरञ्जीवीजी । म पार्टीको निर्वाचित महामन्त्री हो, सांसद पनि हो । म कुनै पनि यस्तो कुरा बोल्न चाहन्न जसले पार्टीलाई आघात होस्, पार्टी बिग्रोस् अथवा कसैलाई आलोचना होस् । मेरो खाली अध्यक्षज्यूसित एउटै गुनासो छ कि उहाँले पार्टी सञ्चालन गर्ने क्रममा सरसल्लाह गरेर सञ्चालन गरौँ । मलाई व्यक्तिगत रूपले केही पनि चाहिँदैन ।
लिङ्देनजी आएपछि पार्टी एकजुट भएर अगाडि जाला, सरसल्लाहमा हिँड्ला भनेर आशा र भरोसा गरेर हामीले जिताएकै हो । तर त्यो आशा र भरोसा पूरा भएन । उहाँले एकल नेतृत्वमा पार्टी चलाउन खोज्दाखेरि, म ६ पटक उहाँको घरमा गएर यसो नगर्नुस्, मिलेर जाऊँ, मिलेर जाऊँ, सल्लाह गरौँ भने । के बिग्रिएको छ र ? मलाई केही पनि चाहिँदैन भनेको हो ।
म छोडेर जान्न । महाधिवेशनमा हारेँ भने मसित दुईवटा अप्सन हुन्छन् । चुपचाप पार्टीको काम गर्ने वा घरमा बस्ने । यो दुईटामा एउटा गर्छु । तर पार्टी विगार्ने काम गर्दिनँ । यदि मलाई भित्तैमा टाँसेर निकालिदिए भने त म के गरौं । अहिले क्रियाकलाप त्यस्तै भइरहेको छ ।
पार्टीबाट मान्छेलाई निष्कासन गर्ने कुराहरु आयो । मैले हुँदैन, यो गर्नुहुँदैन भनेँ । पार्टीको कार्यकर्ताहरुलाई हामीले संरक्षण गर्नुपर्छ, बचाउनुपर्छ । उनीहरु जेल, नेल, आर्थिक रूपले पनि ध्वस्त भएका छन्, मानसिक रूपले पनि परेशान भएका छन् । सानोतिनो गल्तीलाई हामीले नजरअन्दाज गर्नुपर्छ । निकाल्नु हुँदैन । यो पार्टी सबैको हो । कसैले कसैलाई निकाल्नु हुँदैन । गम्भीर घटना घटायो भने मात्रै निकाल्ने हो । मलाई सोध्नुहुन्छ भने, पार्टीबाट निष्कासन एउटै कारणले गर्नुपर्छ– जब चुनाव हुन्छ, कसैले विद्रोही उम्मेदवारी दिन्छ भने त्यो मान्छेलाई छोड्नुहुन्न । त्योबाहेक अरु सबै कुरामा चित्त नबुझे पनि हाम्रै त परिवार हो नि ।
उहाँ महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि, सुरुबाटै त्यस्तो प्रवृत्ति देखाउनुभयो कि कुनै स्पेसिफिक घटना छ ?
उहाँले सल्लाह गरेर जाने प्रवृत्ति नै देखाउनुभएन । मेरो भनाइ यही थियो कि सल्लाह गरेर जाऊँ, जे गर्ने हो मिलेर गरौँ ।
जस्तो कुन कुरामा चाहिँ उहाँले सल्लाह गर्नुभएन ?
धेरै कुराहरु छन् । मोटामोटी मैले भनेँ, सल्लाह गरेर हिँडेको भए केही आपत्ति छैन । अहिले पनि केही पनि बिग्रेको छैन ।
राप्रपा सरकारमा गएपछि हो तपाईंहरुबीच अलिकति दरार आएको ?
होइन, सरकारमा जाने क्रममा पनि तलमाथि हुँदै थियो । सरकारमा त सुरुमै गयौँ नि हामी । त्यहाँपछि धेरै घटनाक्रमहरु भयो । मलाई हुञ्जेलसम्म त मैले सहिरा’थेँ । म क्यान्सरको बिमारी, क्यान्सरको उपचार गर्न जाँदा नै मैले लिएको जिम्मेवारीहरुबाट मलाई हटाइयो ।
राप्रपा सरकारमा जाने बेलामा तपाईंले पर्यटनमन्त्री माग्नुभएको तर नपाएपछि असन्तुष्ट बन्नुभएको हाेइन र ?
त्यस्तो पनि होइन । उहाँ र मेरो सरसल्लाह हुन्थ्यो । उहाँले मलाई (पर्यटनमन्त्रीमा) उपयुक्त ठान्नुभएन । जरुर मलाई मनमा लाग्यो होला । तपाईलाई मैले अध्यक्ष बनाएको, बोकेरै ल्याएको हो । अब यस्तो बेलामा, पहिले सरकारमा जान हुन्न भन्ने पक्षमै म पनि हो, तपाईं पनि हो । अब तपाईंले सरकारमा जाने भनेपछि मैले पनि हुन्छै भनेको हो । तर अब उहाँले मलाई उपयुक्त ठान्नुभएन । एकछिन चित्त दुखेको थियो । तर मैले आफ्नो मन शान्तै गरेको थिएँ ।
भनेपछि असन्तुष्टिको बिजारोपण चाहिँ त्यहाँबाट भयो ?
होइन, मैले असन्तुष्टि जनाएकै थिइनँ । तर अब घटनाक्रमले एकलौटी रूपले निर्णय हुँदै–हुँदै–हुँदै आयो । अब अहिले नवराजजीलाई हटाउने कुरा, सगुन सुन्दर लाउती जसको बाउबाजेबाट पार्टीमा रगत र पसिना बगाइराखेको छ, उनलाई पदबाट हटाइदिने, मान्छेलाई बेइज्जत हुन्छ नि । मान्छेलाई हटाउनेभन्दा पहिले उसित स्पष्टीकरण लिने, उसलाई के आरोप हो भन्ने । अनि त्यहाँपछि हटाउँदा हुन्थ्यो । कसले नाइँ भन्थ्यो र ।
तपाईंहरुको पक्षबाट पनि त पार्टीको अनुशासन तोड्ने खालका क्रियाकलापहरु त भएकै हुन् नि ?
जस्तो के गतिविधि ? ल, बताउनुस् त । हामीले कुन गतिविधि गर्या छौँ..
मुख्य त पार्टी छँदाछँदै अर्को समानान्तर संरचनामा जानुभयो । तपाईं राप्रपाको पनि आन्दोलन परिचालन समितिको संयोजक अनि जनआन्दोलन समितिको पनि संयोजक बन्न जानुभयो । यस्तो गर्न मिल्छ ?
हैन, म मात्रै गएको होइन नि । राजेन्द्र लिङ्देन पनि जानुभएको छ त्यहाँ ।
कहाँ जानुभयो र ? अस्वीकार गर्नुभएको होइन ?
कहाँबाट अस्वीकार गर्नुभयो ?
सार्वजनिक रूपमै भन्नु भएको हो नि जनआन्दोलन समितिले मलाई नसोधिकन नाम राख्यो, म त्यसमा बस्दिनँ भनेर ।
होइन, होइन, होइन । नजराज सुबेदी, राजेन्द्र लिङ्देन, कमल थापा, केश बहादुर बिष्ट उहाँहरु चारजनाको समितिले त्यो आन्दोलन चलाएको हो ।
समिति बन्यो र त्यस्तो चारजनाको ?
हो । राजेन्द्र लिङ्देन, कमल थापा, बिष्टजी र नवराज सुवेदीको समितिले नै जेठपछिका आन्दोलनको योजनाहरु ल्याएको हो ।

अब अहिले जुन स्थिति उत्पन्न भएको छ, तपाईंहरु निर्वाचन आयोगमा जानुभयो । नवराज सुवेदी आफैँ लट्ठी टेकेरै पुग्नुभयो । पार्टीमा मिलाउन सकिँदैनथ्यो र यो विषय त ? कुराकानी गर्न सकिँदैनथ्यो र ? एकैचोटि निर्वाचन आयोगमै गुहार्नुपथ्र्यो ?
दुई वर्षबाट पटक–पटक पार्टीमा, पार्टीभित्रै मिलाउँ भनेरै भनेको हो । सिलसिला कहाँबाट सुरु भयो भने, जब कोशी प्रदेशमा हामी सभामुख खान गयौँ । मेरो प्रस्टै भनाइ थियो, हामी संघीयता र गणतन्त्रको विरोधी हौँ । सभामुख भन्ने पद जुन हो, त्यसले त्यहाँको गणतन्त्र र संघीयतालाई नियमित गर्ने, नियमन गर्ने ठाउँ हो । कुनै हालतले राप्रपा त्यहाँ जान हुँदैन । हाम्रो सोच र विचारको विपरीत हुन्छ भनेर अडान लिएका हौं ।
होइन, त्यो सोचले त काम गरेन नि त । तपाईंहरु प्रदेश सभामा चुनाव लडेर, त्यहाँ प्रतिनिधित्व गरिसक्नुभयो…
होइन, अब त्यो तपाईंलाई लाग्यो नि । चुनाव लड्नु, मन्त्री हुनु पनि त्यति नराम्रो होइन । तर सभामुख भनेको त त्यो व्यवस्थालाई सफल पार्ने ठाउँ हो क्या ।
प्रदेश सभा सदस्यले चाहिँ असफल पार्ने हो त ?
म पनि आज सांसद छु नि । म याे गणतन्त्रलाई सफल पार्न गएको होइन । मैले सदनमै बोलेको छु । यो व्यवस्थालाई परिवर्तन गर्नको लागि मलाई जनताले भोट दिएको हो । म संविधानभित्र टेकेर यो व्यवस्थालाई परिवर्तन गर्न आएको हो मित्रहरु, तपाईंले अर्को अर्थ नलिनुहोस् भनेर पहिलै दिनको भाषणमा मैले बोलेको छु । हामी तपाईंहरुको माया–ममताले आएको होइन । हाम्रो आफ्नो एजेण्डामा अडिग छौँ । जनताले हामीलाई सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य बनाउन पठाएको हो । मैले सक्दो प्रयास गर्छु ।
दलाउने, थर्काउने, धम्काउने काम आइन्दा नहोस् भनेर पहिलै दिनको मैले सदनमा बोलेको छु । हामी सांसदहरु प्रस्टै छौँ । हामी यही व्यवस्थालाई टेकेर यो व्यवस्था परिवर्तन गर्न आएको हो । तर सभामुख भन्ने त, यो व्यवस्थालाई नै टेवा दिने र नियमन गर्ने ठाउँ हो के । त्यो ठाउँमा जान हुन्न भन्ने ठूलो प्रयास गरियो । तर तीन–तीन महिनासम्म मिटिङ राखिएन । र बिस्तारै सबैलाई त्यसमा कन्भिन्स गरेर म पछि लास्टमा एक्लो थिएँ । मेरो नोट अफ डिसेन्ट लेख्न पर्यो भन्ने परिस्थिति आयो ।
तर तपाईंको, तपाईंको अडान त त्यति तर्कसंगत भएन नि त । सबै प्रणाली स्वीकार्ने, यही प्रणालीमा हालिमुहाली गर्ने, एउटा सभामुख नस्वीकारेर के हुन्छ ?
यो व्यवस्थालाई टेवा दिने ठाउँ हो के । हामीले सोचेको त्यस्तो हो । तपाईंलाई लाग्दैन भने यु आर वेलकम ।
त्यहाँबाट विवाद सुरु भएको हो ?
त्यहीँबाट अलिकति मन खिन्नता भएको हो ।
त्यसपछाडि संवाद हुन छोड्यो ?
होइन, त्यसपछाडि मेले भनेँ नि, ६ चोटी म गएँ उहाँको निवासमा । अहिले पनि म तपाईंलाई यो मिडियामार्फत भनिरा’छु, उहाँहरुले सुन्नु होला । अहिले पनि म पार्टी मिलाएर सहमतिमा जाने हो भने तयार छु ।
६ चोटी घरमै पुगेको भन्नुभयो । तपाईंहरु त एउटै पार्टीमा हुनुहुन्छ । पार्टी कार्यालय छ । निरन्तर भेट हुन्छ होला नि, किन घरमै पुग्नुपर्यो ?
मैले अघि नै भनिहालेँ नि, घरमा किन गएको भनेर । सानो मसिना कुराहरु, मनमुटावका कुराहरु, मन माझ्ने कुराहरु पार्टी अफिसमा गर्दा गाह्रो हुन्छ । अरुहरु पनि हुन्छन् नि । घरमै गएर एक्लै बोल्दाखेरि, एक्लै भेट्दाखेरि सजिलो हुन्छ भनेर गएको । तर, उहाँ सच्चिनुभएन ।
पार्टीको महाधिवेशन पनि अब नजिकिँदै छ । अघिल्लो चोटी महामन्त्रीमा राजेन्द्र लिङ्देनसँगै मिलेर जित्नुभयो । अबको महाधिवेशनमा तपाईंको आकांक्षा आफैं अध्यक्ष बन्ने हो ?
मैले यहाँलाई अघि नै निवेदन गरिसकेँ नि, म कस्तो व्यक्ति हो भने, जे मलाई कार्यकर्ताले, बहुमतले भन्छन्, म त्यही गर्ने व्यक्ति हो । पर्सनल्ली मैले यो गर्नैपर्छ भन्ने केही पनि छैन । सबैले ल ठिक छ, तैँ अगाडि बढ्नुपर्छ भने बढ्दिने । जे साथीभाइहरुले भन्छन्, म त्यसमा तयार छु ।
लिङ्देनले फेरि मलाई एकचोटि सहयोग गर्नुपर्यो भन्नुभयो भने ?
त्यो त गाह्रो होला ।
भनेपछि अब उहाँलाई दोहोर्याएर अध्यक्ष नबनाउने ?
म त्यो पक्षमा छैन ।
तपाईंले त अध्यक्षको तयारी थालिसक्नुभयो पनि भन्छन् नि ।
अब हेर्नुस् न । तयारी त राजनीतिमा भएपछि सबैले गरिरहेका हुन्छन् । तर जे साथीभाइहरुले भन्छन्, अन्तिममा त्यही हुन्छ ।
साथीभाइहरुले भनिरा’होलान् नि त अहिलेदेखि । के भनिरा’ छन् ?
सबैको आफ्नो–आफ्नो तर्क छ । कसैले आफैं उठ्नुपर्छ भन्छन्, कसैले लिङ्देनलाई गर्नुपर्छ भन्छन्, कसैले अरुलाई भन्छन् । भन्न दिने हो । समय आएपछि निर्णय गरौंला ।
राप्रपामा अहिले देखिएको विवादले फुटसम्म त पुर्याउँदैन ?
म पार्टी फुटाउँदिन । म त पार्टी जुटाउने पक्षमा हो । त्यसैका लागि प्रयासरत छु ।
हिजो कमल थापा पनि त्यसै भन्नुहुन्थ्यो । उहाँले त गीता छोएर कसमसमेत खानुभएको थियो, तर छोडेर हिँड्नुभयो । तपाईं पनि महाधिवेशमा हार्नुभयो भने त्यही बाटाे राेज्ने त होला नि ।
म छोडेर जान्न । महाधिवेशनमा हारेँ भने मसित दुईवटा अप्सन हुन्छन् । चुपचाप पार्टीको काम गर्ने वा घरमा बस्ने । यो दुईटामा एउटा गर्छु । तर पार्टी विगार्ने काम गर्दिनँ । यदि मलाई भित्तैमा टाँसेर निकालिदिए भने त म के गरौं । अहिले क्रियाकलाप त्यस्तै भइरहेको छ । अधिकारविहिन बनाउने, कुनै भूमिका नदिने काम भइरहेको छ ।
महामन्त्रीको भूमिका त विधानले नै निश्चित गरेको छैन र ?
विधानले भूमिका लेखेको छ, तर नदिएपछि के गर्ने ? जबरजस्ति गर्ने कुरा आएन । म नेपालको स्थानीय निकायमा पीएचडी गरेको मान्छे । संगठन विभाग हेरिरहेको थिएँ, तर त्यसबाट हटाइदिए । आन्दोलन परिचालन समितिको संयोजक भएर आन्दोलनको माहोल बनाइरहेको थिएँ । तर, त्यो नि अध्यक्ष आफैले नेतृत्व गर्छु भने । अब यसरी भित्तैमा टाँसे भने त के गर्ने होला । तर सामान्य रुपमा कहिले पनि पार्टी बिग्रियोस भन्ने मान्छे होइन ।

कमल थापाले राप्रपामा हिमचिम बढाइरहनुभएको छ । उहाँलाई पार्टीमा भित्र्याउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ?
सबै राजावादी राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने मनस्थितिको मान्छे हुँ । कमल दाइले दुई–तीनवटा ठूलो मिस्टेक गर्नुभयो । मैले हरेक मोडमा दाइलाई सचेत गराएकै हो । सच्याउन खोजेकै हो । व्यक्तिगतरुपमा उहाँप्रति श्रद्धा छ । मलाई पनि उहाँले मन पराउनुहुन्छ । भेटघाट भइराख्छ । धेरै प्रयास गरेको हो उहाँलाई रोक्ने, मान्नुभएन । नतिजा त्यस्तो भयो । अहिले पनि नट अन्ली कमल थापा । ४२ वटा सबै संस्था एक ठाउँमा अउानुपर्छ । तब न हामी मजबुत हुन्छौं ।
कांग्रेस, एमाले, माओवादीभित्रका कार्यकर्ताहरु पनि, जसले यो हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष बनाएर सिग्नेचर गरे नि, तिनीहरु नै खुशी छैनन् । कांग्रेसभित्रै रडाको मच्चिँदै छ । एमाले पनि धर्मको विषयमा सफ्ट हुँदैछ । माओवादी पनि अब पहिले मन्दिर फोड्दै हिँड्ने, अहिले आफैँ पूजा गर्दै हिँड्न थालिसके ।
यस विषयमा कमल थापासित कुराकानी भएको छ ?
भेटघाट भएको छ । डिटेलमा पार्टीभित्र प्रवेश गर्ने कुरा भएको छैन । यो त अध्यक्षबाट हुने कुरा हो । मेरो तिरबाट यसमा कुनै पनि रोकटोक हुँदैन ।
अब अध्यक्षसँग मिलेर जान सक्नुहुन्छ कि सक्नुहुन्न त ?
मेलमिलाप गर्ने जिम्मेवारी अध्यक्षकै हो । उहाँ परिवारको अभिभावक हो । कार्यकर्ता निकाल्न पाइन्न । अरु केही आपत्ति छैन । सहमतिमा पार्टी चलाउनुहुन्छ भने सहयोग गर्न तयार छौं । तर एकल निर्णय गर्नुभयो भने गाह्रो हुन्छ ।
अनि अब राजा कसरी फर्काउने ? राजावादी आन्दोलन त असफल भयो ।
आन्दोलन अहिलेलाई स्थगित भएको छ । मलाई सोध्नुहुन्छ भने अहिंसाको बाटोमा, सत्याग्रहको बाटोबाट राजा आउन सक्ने सम्भावना नेपालमा छ । किनकि यो व्यवस्था र यो नेताहरुबाट देश चल्न सकेन भन्ने ठहर जनताले गरिसकेको छ । तर त्यसमा राजाको पनि भूमिका सकारात्मक हुनुपर्यो । आफू राजनीतिभन्दा माथि हुनुपर्यो । सबैको विश्वास राजाले पनि जित्नुपर्यो ।
यदि राजसंस्थाको पक्षमा जनता छन् भन्ने लाग्छ भने राप्रपाले बरु जनमत संग्रहको माग गरे हुन्थ्यो होला नि ?
आजको राजनीति नेपालमा तपाईंले पनि बुझ्नुभएको छ, मैले पनि बुझेको छु । यो इलेक्सन सिस्टम कस्तो भइसक्यो भने करोडौँ रुपैयाँ खर्च गरेर मात्रै मान्छेले जित्छ । जेलमा परेर मान्छे, भ्रष्टाचार गरेको मान्छे, नाम म लिन्न कहिल्यै पनि, लाई दुई–दुई ठाउँमा अत्यधिक बहुमतले जिताइदिन्छन् । यो भ्रष्ट हो, गुण्डा हो भन्ने प्रस्टै रूपले थाहा पाएको मान्छेलाई चुनावमा जिताइदिन्छन् । त्यसकारणले हाम्रो इलेक्सन सिस्टम नै गनाइसक्या छ ।
तपाईंले पनि यही सिस्टमबाट त जित्नुभयोकाे हाे नि, पैसा खर्च गरेर हाे ?
तपाईंले यो सोध्नुहुन्छ भन्ने थाहा थियो । मैले चुनावमा आफ्नो पैसा खर्च गर्दिनँ । सबैले सहयोग गर्छन् । माग्छु पनि । चुनाव आएको छ, अलि–अलि सहयोग गर भन्ने, सबले दिन्छ । तर चुनावपछि एक रुपैयाँ कसैको खाँदिन । सबैलाई समेटेर जान्छु । मेरो पार्टी, तेरो पार्टी भन्दिन । र जनताले भोट हाल्छन् । मेरो पर्सनल लगानी जब चुनावमा हुँदैन, मैले घुस खानै पर्दैन । पहिले म बिजनेसम्यान पनि थिएँ, एजुकेसनिस्ट थिएँ, पर्यटन व्यवसायी थिएँ, स्कुल, कलेजहरु चलाउँथेँ । मलाई पुगेको छ । होटेल छन्, रिसोर्ट छन् । मलाई व्यक्तिगत रूपले कमी छैन ।
म मेयर हुँदाखेरि दश वर्षसम्म मेरो तलब–भत्ता बाँड्दिहाल्थें । अहिले पनि म सांसद छु नि । मेरो महिना सिद्धिने बेला त्यहाँ लाइन लागेको हुन्छ । यो महिनाको हामीलाई चाहियो भनेर, उनीहरुले अधिकारै जमाइसकेका छन् ।
भनेपछि जनतालाई पैसा बाँड्नुहुन्छ ?
हो, बाँड्दिन्छु । संस्थालाई, गरिबलाई । यो दशौँ साल गर्या हो । त्यसकारण मान्छेले पत्याउँछन् । मेरो विरोधीले करोडौँ रुपैयाँ खर्च गरेर चुनाव लड्या हुन्छन् । तर मलाई धेरै मतले जनताले जिताइदिन्छन् । एकजनाले भन्दियोस् त नेपालगञ्जमा धवल शमशेरले पदमा बस्दा हामीलाई पैसा दियो अथवा माग्यो भनेर ।
चुनावमा खर्च चाहिँ कति गर्नुभयो ?
मैले त्यो कुरा भन्न मिल्दैन । तपाईंलाई पनि थाहा छ । त्यसको नियम र कानुन छ । हैन ? तर अरुले गर्नेभन्दा एक, दश भागमा एक भाग । त्यो पनि सबैको सहयोगले । आफ्नो पैसा, जेबबाट लगाउँदिन म ।
जसले तपाईंलाई चुनावमा आर्थिक सहयोग गर्छन् नि, बिनास्वार्थ त कसैले पनि पैसा लगाउँदैन होला ?
होइन । मायाले गर्या हो । एउटा के कारणले गर्छ भने, यसले झुट बोल्दैन, यसले गलत गर्दैन । हामीलाई परेको बेलामा सहयोग गर्छ । तर भ्रष्टाचारको कुरा लगे भने यो मान्दैन है भनेरै सहयोग गर्छन् ।
परेको बेलामा सहयोग भनेको कस्तो ?
पुलिसमा अप्ठ्यारो पर्यो, कुनै झैँ–झगडा भयो, कहीँ दुईजनाको, साथीहरुको बीचमा समन्वय गर्दिन पर्यो, धेरै कुराहरु हुन्छ ।
त्यस्तो काम सांसदको हो र ?
होइन, म त मेयर हुँदाखेरिको कुरा गरिरा’छु नि । अहिले पनि, त्यहाँ झगडा भएपछि ए, धवललाई बोला त भन्छन् । दुइटा पक्षले मेरो कुरा मान्छन् ।
जसले तपाईंलाई पैसा दियो, उसको पक्षमा वकालत गर्ने ?
होइन, उसले आह्वान गरेको बेलामा आफू रेस्पोन्सिबल भइदिने ।
झगडा मिलाउने बाहेक एउटा सांसदले खासमा के के गर्न सक्ने रहेछ देशको लागि ?
यो व्यवस्थामा जिरो । मन्त्रीहरुकहाँ गएर गिड्गिडाएर मेरो क्षेत्रमा बजेट हाल्दे भन्नुपर्छ, उसैको बाउको सम्पत्ति होला जस्तो गरेर माग्न जानुपर्छ । गएँ त माग्न म पनि । फेरि बजेट आएन भन्छन् । बडा ग्लानी लाग्ने । सांसदमा बनेर बोल्या छ, चिच्या छ, कोहीले सुन्ने होइन । बरु स्थानीय निकायमा धेरै राम्रो ।
सांसद भएर खासै काम गर्न सक्नुभएको छैन त्यसो भए ?
कसैले पनि सक्दैन ।
अब अर्को चुनावमा के गर्ने त, सांसद नलड्ने ?
भन्न सक्दिनँ म । मेरो दुई वर्ष छ, मेहनत गर्छु । यो देशलाई परिवर्तन गर्ने प्रयास गरिरा’छु । म हिम्मत हार्ने मान्छे होइन, म डराउने मान्छे पनि होइन । राजनीति गर्या छु, यो देशको लागि, जनताको लागि गर्या छु । जे पर्छ म सामना गर्न तयार छु । दुई–ढाई वर्षपछि के परिस्थिति हुन्छ, म साथीहरुसित राखेर सल्लाह गर्छु । जे सबले भन्छ, म त्यही गर्छु । काल–परिस्थितिले पनि कहाँ पुर्याउँछ, हेर्दै जाऊँ ।
तपाईंलाई राजा फर्काउन सकिन्छ, राजसंस्था फर्काउन सकिन्छ भन्ने विश्वास छ कि यो एउटा राजनीति गर्ने माध्यम, बिजनेस मात्रै हो ?
कस्तो हो भने, राम्रोसित देश चलिरहेको भए राजा चाहिँदै–चाहिँदैनथ्यो, हेर्नुस् । वी आर एजुकेटेड पिपल के । यो देशै चल्न सकेन । राजा ल्याएर केही परिवर्तन हुन्छ कि, केही अगाडि बढ्छ कि भनेर प्रयास गरेको हो । राजा तब आउँछन् जब नेपाली जनताले ल्याउन खोज्छन् । मैले अथवा राप्रपाले ल्याएर राजा आउँदैनन् । नेपाली जनताले जुन दिन ठहर गर्छ कि भएन यिनीहरुबाट देश चल्न सकेन, अब परिवर्तन गरेर राजालाई ल्याउन प्रयास गरौँ भने त्यो दिन राजा आइहाल्छ ।
टाइम फ्रेममा सोधेँ भने कति समयमा राजा ल्याउन सकिन्छ भन्ने लाग्छ ?
मैले, मैले भनिरा’छु नि । मैले आफूलाई टाइम फ्रेम दिएको छु, दुई–ढाई वर्ष ।
८४ को चुनावभन्दा पहिले ?
हो, ८४ भन्दा पहिला ।
अघि मैले सोधेको थिएँ, तपाईं अलिकति घुमाउरो रूपमा जानुभएको थियो । जनमत संग्रहको माग राप्रपाले किन गर्न नसकेको, किन गर्न चाहँदैन ?
भनिहाल्छु नि म । सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रमा जनमत संग्रह गरे भने ९०% भोट आउँछ । तर राजाको विषयमा गरे भने यो सबै पार्टी मिलेर, जनतालाई प्रलोभनमा राखेर, दबाबमा राखेर, प्रशासन र पुलिसलाई प्रयोग गरेर हमेसाको लागि राजा ल्याउने बाटो, ढोका बन्द गर्न सक्ने सम्भावना छ । निष्पक्ष चुनाव हुन दिँदैनन् । देश–विदेशका शक्तिहरु पनि राजसंस्थाको विरुद्धमा लाग्न सक्छन् । त्यो रिस्क चाहिँ लिन हुँदैन भन्ने ठहरमा हामी छौँ ।
तर तपाईंको भनाइमा अलिकति विरोधाभास भयो नि त । हिन्दु राष्ट्रको पक्षमा आयो भने चाहिँ त्यो निष्पक्ष हुने, गणतन्त्रको विपक्षमा आयो भने दवाव र प्रलोभन हुने ?
म भन्दै छु नि, त्यसको कारण पनि छ के । हिन्दु राष्ट्रलाई हटाउने कुरामा कोही पनि जनताको सहमति थिएन । जनआन्दोलन १ वा २ को एजेण्डा पनि थिएन । रातोरात नेताहरुले बदमासी गर्या हो । पैसा खाए, खाएनन्, के गर्यो, कसो गर्यो, अदृश्य कुरा म भन्न चाहँदिनँ । तर केही न केही भएको हो । जनताको मागै नभएको कुरा, सुन्दै नसुनेको कुरालाई रातोरात ल्याए ।
कांग्रेस, एमाले, माओवादीभित्रका कार्यकर्ताहरु पनि, जसले यो हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष बनाएर सिग्नेचर गरे नि, तिनीहरु नै खुशी छैनन् । कांग्रेसभित्रै रडाको मच्चिँदै छ । एमाले पनि धर्मको विषयमा सफ्ट हुँदैछ । माओवादी पनि अब पहिले मन्दिर फोड्दै हिँड्ने, अहिले आफैँ पूजा गर्दै हिँड्न थालिसके । त्यसकारणले जनता र पार्टीका कार्यकर्ताको बीचमा हिन्दु राष्ट्र गलत भएको छ है, यो फर्के हुन्थ्यो भन्ने छ र सबैले भोट हाल्छन् । तर राजा आयो भने उहाँहरुको हालीमुहाली बन्द हुन्छ र धेरै नेता जेल जानुपर्छ भनेर जसरी भए पनि रोक्नुपर्छ भन्ने ठान्छन् । बाइ फेयर मिन्स, बाइ अनफेयर मिन्स । त्यो डर चाहिँ रहन्छ ।
भनेपछि यसलाई जनताको मतमा विश्वास नभएको अर्थमा पनि त बुझ्न सकियो नि, हैन ?
जनताले आफूले चाहेको मत दिन सक्दैनन् । अहिलेको नेपालको राजनीति र अहिलेको निर्वाचन प्रणालीमा, तपाईंले देख्नुभयो…
जनमत संग्रहमा नजाने हो भने तपाईंहरुसँग दुइटा अप्सन भयो । कि आन्दोलनकै बलमा उल्टाउनुपर्यो कि संसदमा दुई–तिहाई ल्याउनुपर्यो । होइन ?
हो । एब्सोल्युट राइट । दुइटै लक्ष्यमा हामी लाग्छौँ । जनताले दुई–तिहाई बहुमत दिएको अर्को दिन हामी संवैधानिक राजसंस्था ल्याइदिन्छौँ । तर जनताले विश्वास गर्नुपर्यो, हामीलाई भोट दिनुपर्यो । अर्को जनता नै सडकमा उत्रेर राजसंस्था ल्याउन सक्ने सम्भावना छ । जसरी फाल्यो त्यसरी । दुइटै उपायलाई हामीले प्रयोग गर्ने क्रममा छौँ ।

Leave a Reply