सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

विराटनगर । सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ ।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि पछि हटाइएको छ । अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

सुशीला लामिछानेमाथि जुताको मला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खोजेका छन् । लामिछाने भने कुर्सीमा बसेकी थिइन् । राईलाई भने लछार छार गरेको भिडियोमा देखिएको छ ।

‘ऋण खाएर नतिरेपछि ताकेता गर्दा उनीहरूले घरैमा छलफलका लागि बोलाएका थिए । घरमा पुगेका कर्मचारीलाई उनीहरूले जुत्ताका माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता, डिएसपी चुँडालले भनिन् ।’

प्रहरीका अनुसार दुर्गामाया लिम्बुको घरमा जुत्ताको माला लगाइएको हो ।

उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने भएका छैन । मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी चुँडालले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *