ज्योति मगरको तर्क- विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर बस्नु ठिक

काठमाडौं । आफ्नो उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा आइरहने गायिका हुन, ज्योति मगर । ज्योति मगर भन्नेबित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले बुझ्थे र आज पनि बुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतिको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्छ । ज्योति पनि यिनै कुरामा रमाउने गर्छिन् ।

उनी बेलाबेला आफुले बोलेका कुराहरुले पनि विवादमा तानिन्छिन् । बजारमा आएका प्राय विषयमा उनी खुलेर आफ्नो धारणा राख्ने गर्छिन् जसले उनलाई थप विवादमा ल्याइरहन्छ । उनको यो स्वभावका कारण कतिले उनलाई मिजासिलि र स्ट्रेट फरवार्डको ट्याग दिने गर्छन भने कतिले उनको आलोचना गर्छन् ।

ज्योति अविवाहित हुन् । विवाहको विषयमा उनलाई थुप्रै प्रश्नहरु आउने गर्छन् । उनी गएका प्राय अन्तर्वार्ताहरुमा उनलाई विवाहका प्रश्न अनिवार्य सोध्ने गरिन्छ तर उनी केही न केही उत्तर दिएर त्यो प्रश्नलाई नै टारिदिन्छन् ।

यसैबीच केही दिन अघि ज्योति पत्रकार ऋषि धमलाको कार्यक्रममा अन्तर्वार्ता दिन पुगेकी थिइन् । सो अन्तर्वार्तामा उनले दिएको एक अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ । कार्यक्रममा धमलाले ज्योतिलाई आधाभन्दा बढी प्रश्न उनको प्रेमसम्बन्ध र विवाहको बारेमा सोधेका थिए । विवाहको प्रश्नमा ज्योतिले आफू विवाह गर्न तयार भएको तर माहोल नमिलेको प्रतिक्रिया दिइन् ।

धमलाले ज्योतिलाई सोधे, ‘तपाईसँग विवाह गर्न कोही तयार भएनन् भने के गर्ने ?’

ज्योतिले भनिन्, ‘खासमा विवाहको लागी प्रस्ताव गर्ने मान्छे धेरै आए तर मलाई चित्त बुज्ने कोही आएनन् । यदि विवाह गर्न कोही तयार भएनन् भने पनि मलाई केही छैन । यति राम्रो जिन्दगी एकजनाको हवाला गरेर के फाइदा । विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर भएर बस्नु ठिक ।’

ज्योतिले अन्तर्वार्तामा आफू रास्ट्रिय प्रेमिका भएर बस्न चाहेको इच्छा व्यक्त गरिन् । कानूनीरुपमा सिंगल भए जति उमेर, जहाँको व्यक्ति र जस्तो जातको भएपनि आफू विवाह गर्न तयार भएको ज्योतिले कार्यक्रममा बताइन् । आफूलाई मनोरञ्जन दिन सक्ने पुरुष हुनुपर्ने ज्योतिको भनाइ छ ।

यसैबीच धमलाले पुन प्रश्न तेर्स्याए, ‘तपाईलाई कस्तो प्रकारको केटा चाहिएको छ ? पैसा भएको कि नाम भएको ?’

ज्योतिले जवाफ दिइन्, ‘सबै भएको चाहियो । पैसा, नाम, इज्जत दिने, पारिवारिक, सामाजिक सबै हुनुपर्यो । एउटै केटामा ३२ गुण हुनुपर्यो । त्यहीँ भएर पनि केटा पाइरहेकी छैन । विवाह गरौँ कि भनेर तयार हुन्छु, त्यहीँ बेला अरुको डिभोर्स भएको सुन्छु । त्यसपछि मन मरेर आउछ । विवाह गर्न मन छ तर डर लाग्छ ।’

कस्तो गुण भएको केटा चाहनुहुन्छ भन्ने प्रश्नमा ज्योतिले भनिन्, ‘यो गुण मेरोमा मात्र हैन, हरेक महिलालाई विवाह गर्ने केटामा हुनुपर्छ। उसले छोरीलाई जस्तो केयर गरोस्, आमालाई जस्तो भरोसा गरोस्, रानीलाईजस्तो सम्मान गरोस् र वेश्यालाईजस्तो संभोग गरोस् ।’

यी चारै गुण भएको पुरुष नभेटिएकाले आफुले विवाह नगरेको ज्योतिले अन्तर्वार्तामा बताएकी छिन् ।

 

Comments

2 responses to “ज्योति मगरको तर्क- विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर बस्नु ठिक”

  1. samir Avatar
    samir

    बेश्यालाई जस्तो हैन, बेश्या नै होला !

  2. KB Gurung Avatar
    KB Gurung

    Jyoti saga sathi banna man lagyo hau….

Leave a Reply

Your email address will not be published. Required fields are marked *