एमालेले सदस्यता नवीकरणअघि परीक्षा अनिवार्य गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जरा अभियानजस्तै जनताको घरघर गएर जनसेवाको कामलाई निरन्तरता दिने खालका अभियानमा जोड दिएको छ । संगठन विभागले पार्टी सदस्यताको विषयमा केही निर्णयसमेत गरेको छ ।

संगठन विभागका सचिव माधव ढुंगलेका अनुसार सदस्यता नवीकरण अनिवार्यरूपमा परीक्षा दिनुपर्ने ( यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा लैजाने निर्णय गरिएको छ ।

सदस्यताको अभिलेखीकरणमा जोड दिँदै मतदाताको ६ प्रतिशत संख्या पुर्‍याउने, सबै (करिब १७ हजार) टोलमा कमिटी गठन गर्ने, सुचारु गर्ने, सबै जिल्लामा संगठनात्मक प्रोफाइल तयार पारिने भएको छ ।

ढुंगेलका अनुसार ‘समुदायसँग जनसंगठन’, ‘दुई पुस्ता सँगसँगै’ विशेष अभियान चलाउने साथै हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

सदस्यतासम्बन्धी मुख्य निर्णयहरू यस प्रकार छन्

सदस्यता नवीकरणपूर्व अनिवार्य रुपमा परीक्षा दिनुपर्ने ( यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यबस्थामा जाने ।

हरेक बर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने

सम्पूर्ण सदस्यलाई अनलाइनमा अभिलेखिकरण गर्ने काम सम्पन्नगर्ने ।

बिस्तारमा निरन्तर जोड दिइरहने र मतदाताको ६ प्रतिशत संख्या पुयाइछाड्ने ।

सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षण सहितका बैठकको परिपाटी बसालेर स्तर उन्नत गर्ने ।

सम्पूर्ण टोल तहसम्म ( करिव १७ हजार टोलमा ) पार्टी कमिटीहरु गठन गर्ने, सुचारुगर्ने र अधिवेशन गराउने ।

सबै जिल्लामा नेकपा (एमाले) को समग्र संगठनात्मक प्रोफाइल तयार पार्ने ।

जनसंगठनका पिंधसम्मका कमिटी निर्माण गरिसक्ने । ‘समुदायसंग जनसंगठन अभियान चलाउने ।

‘दुई पुस्ता संगसंगै’ बिशेष कार्यक्रम चलाउने । हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम संगसंगै आयोजनागर्ने ।

पार्टी कमिटीको संस्थागत क्षमताको विकास कार्यालय सञ्चालन, व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीको विषयमा प्रदेश स्तरमा कार्यशाला आयोजना गर्ने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *