अमेरिकामा एक नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

काठमाडौं । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार अमेरिकाको लुजियाना विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

उनको नेपालको स्थायी ठेगाना दाङ रहेको बताइएको छ ।

उक्त दुर्घटनाबारे थप बुझ्न र सम्भव भएसम्म सहयोगका लागी पहल गर्न अमेरिकामा रहेका नेपाली समुदायले आग्रह गरेका छन् ।

खासगरी लुजियाना राज्यमा रहेका समुदायलाई यसको पहलका लागि आग्रह गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *