कैलालीमा बाबुछोरासहित तीनजना पक्राउ, हातहतियार र वन्यजन्तुका अङ्ग बरामद

धनगढी । कैलालीको भजनी नगरपालिका–९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जङ्गली जनावरका अङ्गसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजकुमार सिंहका अनुसार पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–९ निवासी ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र ३० वर्षीय सुरेश विक रहेका छन् ।

विशेष सूचनाका आधारमा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले एकथान पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०.२२ बोरको (हर्नेट)नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एकथान कटुवा पेस्तोल, एकथान भरुवा बन्दुक, त्यसको घोडा, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख र तीनवटा जरायोको सिङ बरामद गरेको डिएसपी सिंहले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि हातहतियार ऐन तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *