छाेरेपाटन विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई माेसाे दलेर दुर्व्यवहार गर्ने नेकपा बहुमतका कार्यकर्ताहरू पक्राउ

पोखरा। पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई माेसाे दलेर दुर्व्यवहार गर्ने ३ जना पक्राउ परेका छन् ।

कास्की प्रहरीले मुख्य योजनाकार नेकपा बहुमत व्युरो केन्द्रिय सदस्य सुजन आयम भन्ने लोकेन्द्र विश्वकर्मासहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लोकेन्द्रसहित नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेशका संयोजक राजन साउद र कास्की जिल्ला संयोजक वासुदेव बुढा छन् ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको सहयोग रसिदको अर्धकट्टी समेत बरामद गरेको छ ।

नेकपा बहुमत निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले छोरेपाटनका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्द्रीनाथ पहारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै शुक्रबार मोसो दलेर दुर्व्यवहार गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *