काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवालका साझेदार नरेशकुमार चेङवाङ पनि पक्राउ

काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यु टावरका ठेकेदार मनोज भेटुवालका साझेदार नरेशकुमार चेङवाङ पनि आर्थिक लेनदेनमा पकाउ परेका छन् ।

यसअघि असार १३ गते १० लाख बिगो कायम भएको चेक बाउन्स मुद्दामा भेटुवाल पक्राउ परेका थिए । साझेदार चेङवाङविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

तेह्रथुम जिल्लाको फेदाप-४ का ४७ वर्षीय स्थायीवासी चेङवाङले सिन्धुलीका राजकुमार बराललाई ४ करोडको चेक दिएका थिए । उनकै जाहेरीले जिल्ला अदालत काठमाडौंबाट असार ६ गते पक्राउ पुर्जी जारी भएको प्रवक्ता बोहराले बताए ।

काठमाडौं भ्यु टावर निर्माणकै क्रममा उक्त आर्थिक कारोवार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त निर्माणकार्यका लागि स्वीकृत रकम निकासामा बिलम्ब हुँदा यो समस्यामा परेको चेङवाङले प्रहरीलाई बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *