मन्त्री गुप्ताको अडियो प्रकरणबारे महेश बर्तौला- छिटै निष्कर्ष आउँछ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताएका हुन् ।

मन्त्रीमाथि उठेका प्रश्नहरुको जवाफदेहिता सम्बन्धीत व्यक्तिले बेहोर्नुपर्ने उनले बताए । बर्तौलाले अडियो प्रकरणमा दोषि देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने स्पष्ट पारे ।

त्यस्तै, उनले सत्तासाझेदार दलबीच सरकारका मन्त्रीहरुले एक वर्षमा गरेको कामकारबाहीका बारेमा समीक्षा हुने जिकिर गरे ।

Comments

2 responses to “मन्त्री गुप्ताको अडियो प्रकरणबारे महेश बर्तौला- छिटै निष्कर्ष आउँछ”

  1. samir Avatar
    samir

    कालो काङ्ग्रेस-भ्रष्ट एमाले-हत्यारा माओवादीको काम नै देश लुट्नु हो! यिनिहरुको मन्त्रीले घुस किन नखानु? खानकै लागि मन्त्री भएको हुन!

    कालो काङ्ग्रेसको गृहमन्त्री तस्कर रमेश लेखकले नेपाली बेचेर कति अर्ब खाइसक्यो!

  2. ksp pyl Avatar
    ksp pyl

    यो गुप्तालाई पदबाट तुरून्तै हटाएर अख्तियार मार्फत छानबिन गराउ । प्रदेशले सिफारिश गर्दा एकजना मात्र पठाएकाले प्रदेशकाले पनि पैसा खाएजस्तो छ । तिनलाई पनि छानबिन गर । पार्टीका मान्छेको धन्दा नै पैसा खाने मात्र देखियो । गुप्ताले बोलेको सुन्दा आजिवन कावास ठोकिदिंदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *