काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले महिला कलाकारलाई नजरअन्दाज गरेको भन्दै चलचित्र विकास बोर्ड र बोर्डका अध्यक्ष दिनेश डिसीमाथि प्रश्न तेर्साएकी छन् ।
राष्ट्रिय राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा निर्णायक समिति विशेष प्रोत्साहन पुरस्कार अभिनेता प्रदीप खड्कालाई मात्रै दिइएपछि उनले असहमति जनाएकी हुन् । बोर्ड र अध्यक्षलाई मेनसन गर्दै उनले लेखेकी छन्, ’लौ नायक ज्यु हरुलाइ मात्रै प्रोत्साहन गर्नुस् । हामी महिला कलाकारहरुलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामिले कहिले पाउने ?’
अभिनेता खड्काले ’पुजार सार्की’ मार्फत् प्रोत्साहन पुरस्कार पाएका छन् । तर यो विधामा महिला कलाकारलाई भने पुरस्कार दिइएको छैन ।
आज मात्रै बोर्डले प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ सम्पन्न भएको छ । राष्ट्रिपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको बिच पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका थिए ।
जसमध्ये मीन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ ले २०८१ को उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ । त्यस्तै, उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै चलचित्रबाट मीनबहादुर भामले नै पाएका छन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपसना सिंह ठकुरीले पाएकी छन् । उपासनाले चलचित्र ‘खुस्मा’ बाट यो पुरस्कार पाएकी हुन् ।
पटकतथातर्फ चलचित्र ‘छक्का पञ्जा ५’ बाट दिपक राज गिरीले र छायांकनतर्फ चलचत्र ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले पुरस्कार पाएका छन।
नेवारी फिल्म ‘लगायबन’ ले आदीवासीतर्फ उत्कृष्ट चलचित्रको पुरस्कार पाएको छ भने दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पुजार सार्की’ बाट नायक प्रदिप खड्काले निर्णायक समिति विशेष प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
चलचित्र विकास बोर्डले निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजारसहित दीर्घ साधना सम्मान पनि प्रदान गरेको छ। त्यसैगरी, कार्यक्रममा सबै विधामा उत्कृष्टलाई नगद २५ हजार र ट्रफी प्रदान गरिएको छ ।

Leave a Reply