काठमाडौं । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ सम्पन्न भएको छ। सोमबार राष्ट्रिपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको बिच पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।
आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन। जसमध्ये मीन बहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’ ले २०८१ को उत्कृष्ट चलचित्र पुरस्कार पाएको छ। त्यस्तै, उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै चलचित्रबाट मीनबहादुर भामले नै पाएका छन् ।
उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपसना सिंह ठकुरीले पाएक छिन। उपास्नाले चलचित्र ‘खुस्मा’ बाट यो पुरस्कार पाएकी हुन् ।
पटकतथातर्फ चलचित्र ‘छक्का पञ्जा ५’ बाट दिपक राज गिरीले र छायांकनतर्फ चलचत्र ‘पिताम्बर’ बाट पुरुषोत्तम प्रधानले पुरस्कार पाएका छन।
नेवारी फिल्म ‘लगायबन’ ले आदीवासीतर्फ उत्कृष्ट चलचित्रको पुरस्कार पाएको छ भने दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पुजार सार्की’ बाट नायक प्रदिप खड्काले निर्णायक समिति विशेष प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन।
चलचित्र विकास बोर्डले निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजारसहित दीर्घ साधना सम्मान पनि प्रदान गरेको छ।
त्यसैगरी, कार्यक्रममा सबै विधामा उत्कृष्टलाई नगद २५ हजार र ट्रफी प्रदान गरिएको छ ।

Leave a Reply