पौडी खेल्न गएका दुई युवकको बबई नदीमा डुबेर मृत्यु

दाङ । बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् ।

बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरका प्रमुख इन्सपेक्टर खिमबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार दुवैजना कलेज पढ्ने विद्यार्थी हुन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *