काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी कराइरहेका छन् । उनको तलतिर विराटनगर कारागार छ भने अगाडि रातो डफल ब्याग छ ।
‘अभिमन्युः च्याप्टर–१’ यहीँ भदौ २७ गते रिलिज हुँदैछ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् सेप्टेम्बर २२ मा रिलिज हुनेछ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्छ।
चलचित्रको मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन । यो उनको डेब्यु निर्देशकिय चलचित्र हो ।
मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

Leave a Reply