प्रचण्डको सवाल- मन्त्री नै खुल्लमखुला डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! बयान कहाँ गएर दिने ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाएका छन् ।

सदनमा सम्बोधन गर्दै उनले सरुवा तथा भूमि आयोग पदाधिकारी नियुक्तिमा मन्त्रीले खुलेआम लाखौंको डिल गरिरहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । उनले भने, ‘तपाईंका मन्त्री खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।

उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन । सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो । आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्री व्यस्त छन्।’

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे । उनले भने, ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको शिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ ।’

Comments

3 responses to “प्रचण्डको सवाल- मन्त्री नै खुल्लमखुला डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! बयान कहाँ गएर दिने ? (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    कुईण्टेलका कुईण्टेल सुन थुपारेको अड्डामा गएर जबाफ दिने रे काम्रेड !!

  2. Nagendra Avatar
    Nagendra

    प्रचण्डको बिसेस सम्बोधन र त्यो हुटहुटि भनेको कुन होटलमा कत्ति बसेर पढेको चित्र गुप्तको कथाको पात्र ‘चित्र गुप्त’ को नाम लिनु र सुमाउनु रहेछ :: अरु केहि तुकको कुरा केहि छ ??
    यत्तिका समय किन चुपचाप बसेको भनेर दक्षिण तिरबाट बार बार आएको पेलानले ठेलिएर संसद पुगेको अनि बकेको जस्तो !!! हैट सुप्रिमो : प्रचण्डपथको प्रणेता : दिल्लीकी बिल्ली : म्याउँ !!!

  3. ksp pyl Avatar
    ksp pyl

    सत्ता नपाएर बरबराउँदैछ यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *