रियालिटी शोबाटै आएकी मेचु धिमालको आरोप : बेसुरा गाउनेलाई स्थान दिइयो

काठमाडौं । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका मेचु धिमालले रियालिटी शोमाथि नै छुद्र टिप्पणी गरेकी छन् ।

भ्वाइस अफ नेपालबाट रुँदै बाहिरिएकी उनले अहिले आएर भने उनले रियालिटी शोका जजकै विज्ञतामाथि प्रश्न उठाएकी छन् ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै जजको विज्ञतामाथि नै प्रश्न उठाएकी हुन्। उनले लेखेकी छन्, ‘कसरी बन्छन् हौ जज पनि ? कलाको सम्मान खै ? बेसुरा गाउनेलाई ठाउँ दिने रियालिटी शोले राम्रो कलाकार जन्माउन सक्ला त ?’

उनले छ वर्षअघि आफू जम्माजम्मी भोटकै कारण शोबाट बाहिरिनुपर्ने घटना भने बिर्सिइसकि छिन् । उनको त्यही विगत सम्झाउँदै कमल बूढा मगरले कमेन्ट गरेका छन्, ‘के बोल्या नानी ? हिजो त्यस्तै निर्णायकहरुले गर्दा नै तपाईंले पनि स्थान पाउनुभएको हैन र ?’

अर्का प्रयोगकर्ता श्याम ठकुरीले पनि त्यही ठाउँबाट आएर अहिले त्यस्तो कुरा गर्न नसुहाउने बताएका छन् । धेरैले आफू आएको ठाउँ बिर्सेर घमण्डीपना देखाएको भन्ने कमेन्ट गरेपछि उनले अर्को स्टाटस पनि लेखेकी छन् । उनले कमेन्ट गर्नेहरुलाई प्रश्न गरेकी छन्, ‘मैले रियालिटी शोमा हुँदा बेसुरा गाएर प्रतिस्पर्धीहरुलाई उछिनेकी हुँ र ? लु प्रमाण ल्याउनुपर्यो ।’

अहिले भ्वइस अफ किड, सारेगमप र मेरो भ्वइस युनिभर्स तीनवटा रियालिटी शोहरु चलिरहेका छन् । यिनै रियालिटी शोमध्ये कुनै एक शोमाथि धिमालले कटाक्ष गरेको आँकलन गरिएको छ ।

छ वर्षअघि मोरङकी गायिका धिमाल रियालिटी शोबाटै उदाएकी थिइन् । उनकाको भोटका लागि पूर्वका विभिन्न सहरहरुमा विविध कार्यक्रमहरु आयोजना गरिएको थियो । शोबाट बाहिरिएपछि उनको सांगितिक करियरले भने अपेक्षित उडान भर्न सकेको छैन । गीतहरु टन्नै गाए पनि हिट गीत दिन सकेकी छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *