रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राखेर बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।

आफ्नो धारणा राख्दै रास्वपा सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुसार छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध जारी राख्ने बताए ।

लगत्तै सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई धारण राख्ने समय दिएका थिए ।

राप्रपाका अध्यक्ष लिङदेनले पनि भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग अनुसार समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए ।

दुवै दलका तर्फबाट आफ्नो धारणा राखिसकेपछि दुवै पार्टीका सांसद संसद बैठकबाट बाहिरिएका हुन् ।

Comments

One response to “रास्वपा र राप्रपाले आफ्नो धारणा राखेपछि प्रतिनिधिसभा बैठक बहिस्कार”

  1. ksp pyl Avatar
    ksp pyl

    बहिस्कार गर्नेले किन भाषण दिएको नि ? बहिस्कार भने पछि त आफू पनि बोल्न भए न नि मिस्टरहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *