काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षक ऐन तत्काल जारी गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं भक्तपुर सडकखण्डमा टायर बालेर नेविसंघले प्रदर्शन गरेको हो ।
उनीहरुले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन् ।
टायर बालेर सडकअवरुद्ध गर्न खोज्ने कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष संञ्जय बुढाथोकीसहित ४ जनालाई पक्राउ पनि गरेको छ ।


Leave a Reply